सुन्तला खानुस्ः स्वास्थ्यमा देख्नुहुन्छ यस्तो काइदा



२० कार्तिक २०७६, काठमाडौं

‘सुन्तला’ जसको नाम लिने बित्तिकै तपाईँको मुख रसाउछ होला। फेरि, अहिले सुन्ताला खाने सिजन पनि हो। गाउँघरमा सुन्तला पाक्न शुरु पनि भईसक्यो।

फलफुल बजारमा नेपाल र भारतीय सुन्तला आइसकेको छ। सुन्तला लिएर घाम ताप्दै साथीहरुसँग गफगाफ गर्दै खान निकै रमाइलो हुन्छ।

सुन्तला खादा रमाइलो मात्रै हुँदैन। स्वास्थ्यका लागि निकै फाइदाजनक रहेको पोषणविद्हरु बताउँछन्।

त्यसैले जान्नुहोस् सुन्तला खानाको फाईदाः

–सुन्तलामा पाइने हेस्परिडिनले उच्च रक्तचाप नियन्त्रण गर्न मदत गर्दछ।

–चिसोको समयमा सुन्तलाले रुघाखोकीबाट बच्न सहयोग पुर्याउँछ।

–सुन्तलामा पाइने एन्टिअक्सिडेन्टले छालाको सुन्दरता पनि बढाउँछ।

–मुटुलाई स्वास्थ्य बनाउछ।

–सुन्तलामा प्रशस्ता मात्रामा भिटामिन ‘सी’ हुने भएकाले रोग प्रतिरोधात्मक क्षमता बढाउँछ।

–सुन्तलामा हुने पोलिमेथिक्सोलेट फ्लाभोनेसले शरिरभित्रको खराब कोलेस्टेरोल पनि घटाउछ।

–सुन्तालमा हुने फाइबरले कब्जियत हुनबाट बचाउँछ।

–सुन्तालामा पाइने भिटामिन एले आँखालाई स्वस्थ राख्न मदत गर्दछ।

–सुन्तलाले पाचन प्रणाली स्वस्थ राख्न मदत गर्दछ।

प्रतिक्रिया दिनुहोस्