मुटुलाई स्वस्थ राख्ने उपाय



२० कार्तिक २०७६, काठमाडौं

शरिर सञ्चालन गर्ने महत्वपूर्ण अंग मुटुलाई स्वस्थ राख्न निकै आवश्यक छ। मुटुलाई स्वस्थ राख्नका लागि हामीले दैनिक रुपमा खाने खानामा पनि निकै ध्यान ध्यान पुर्याउनुपर्दछ।

पछिल्लो समय युवापुस्तादेखि नै मुटु रोगको संक्रमण बढ्न थालेपछि यसप्रति बढी सचेत हुनुपर्ने पनि चिकित्सकहरु बताउछन्।

हामीले दैनिक रुपमा प्रयोग गर्ने मसला केवल स्वादको लागि मात्र नभई स्वास्थ्यको लागि पनि पोषक तत्वको रुपमा मानिन्छ। कतिपय मसलाका सामग्रीले हामीलाई स्वस्थ राख्न समेत मद्दत गर्दछ।

त्यसैले मुटुलाई स्वस्थ राख्ने यी उपायको बारेमा जान्नुहोस्ः

लसुन

कोलस्ट्रोलको मात्रामा वृद्धि हुनु भनेको मुटुमा असर गर्ने खतराको सुचक हो।

यदि तपाईँ कोलस्ट्रोलको लेवललाई कन्ट्रोल गर्न चाहनुहुन्छ भने आफ्नो दैनिक खानामा लसुनलाई समावेश गर्नुहोस्।

लसुनमा एलिसिन नामक एन्टी अक्सिडेन्ट गुण पाईन्छ। जसले कोलस्ट्रोल र ब्लड प्रेशरलाई नियन्त्रण गन मदत गर्दछ।

बेसार

बेसार रोग प्रतिरोधात्मक क्षमताले भरपूर हुन्छ। जसले कोलस्ट्रोलको लेवललाई कम गर्दछ।

यसको अलवा यसले मधुमेहबाट पनि बचाउँछ।

मरिच

कालो मरिच मुटुलाई बचाउने काम गर्दछ। यसले मुटुलाई सुरक्षा दिने काम गर्दछ।

दालचिनी

दालचिनी खाने गर्नाले शरिरमा रगतको फ्लोलाई निकै राम्रो बनाउने गर्दछ।

मुटुसँग जोडिएको समस्याबाट बच्नको लागि दैनिक केही दालचिनीको टुक्रा सेवन गर्नु उत्तम मानिन्छ।

धनिया

धनियाको बिउमा पनि रोग प्रतिरोधात्मक गुण हुन्छ। कोलस्ट्रोलको सन्तुलित गर्न, शरिरमा रगतको बहाव बढाउन धनियाको सेवन निकै राम्रो मानिन्छ।

प्रतिक्रिया दिनुहोस्