कार दुर्घटनाः ३ को मृत्यु, २ घाइते



२० कार्तिक २०७६, काठमाडौं

अर्घाखाँचीको सन्धीखर्कस्थित नरपानीमा बुधबार बिहान कार दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ।

दुर्घटनामा परी अन्य दुईजना गम्भीर घाइते भएका प्रहरीले जनाएको छ। बा १७ च ६९१७ नम्बरको कार रुपन्देहीको सैनामैनाबाट सन्धीखर्कतर्फ आउँदै गर्दा बुधबार बिहान गोरुसिङ्गे–सन्धिखर्क सडकखण्डको नरपानीमा दुर्घटनामा परेको हो।

दुर्घटनामा ज्यान गुमाउनेको पहिचान खुल्न बाँकी छ। घाइतेहरुलाई उपचारका लागि पठाइएको छ। घटनाबारे थप विवरण आउन बाँकी छ।

फाइल तस्वीर

प्रतिक्रिया दिनुहोस्