बूढानीलकण्ठ मन्दिर परिसरमा सरसफाई सम्पन्न



१९ कात्तिक २०७६, काठमाडौं

बूढानीलकण्ठ भगवानको मन्दिरमा प्रत्येक वर्ष गरिदै आएको कात्तिक शुक्ल एकादशि देखि पुर्णिमा सम्म लाग्ने मेला तथा श्रीमद् भागवत सप्ताह ज्ञानमहायज्ञलाई लक्षित गरि मन्दिर परिसर तथा विभिन्न स्थानबाट मन्दिरमा प्रवेश गर्ने सडक सरसफाई अभियान सम्पन्न भएको छ ।

सरसफाई अभियानमा श्री दि फेमस महेन्द्र दल गण शिवपुरीबाट प्रमुख सेनानी दिपक कोईरालाको नेतृत्वमा ६० जना नेपाली सेना, बूढानीलकण्ठ नगरपालिका, विभिन्न वडा, बूनपा भित्रका विभिन्न सरकारी तथा निजि विद्यालयहरु, महिलासमूह, बूढानीलकण्ठ मन्दिर क्षेत्र विकास समिति, स्थानीयहरु लगायतको उपस्थिती रहेको थियो ।

श्रीमद् भागवत सप्ताह ज्ञानमहायज्ञ सञ्चालन समितिको आयोजनामा भएको कात्तिक २० देखि २६ गतेसम्म बूढानीलकण्ठ मन्दिर परिसरमा हुने सप्ताहमा देश तथा विदेशबाट लाखौ भक्तजनहरु आउने समेत अयोजकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्