लिंग उत्तेजित नहुने समस्या छ भने यसो गर्नुहोस्…..



१९ कार्तिक २०७६, काठमाडौं

प्रायः पुरुषले कुनै न कुनै बेला भोग्ने गरेको समस्या हो। ‘इरेक्टायल डाइफङ्गसन’ अर्थात लिंग उत्तेजित नहुने समस्या। व्यक्तिका लागि यौन आधारभूत शारीरिक आवश्यकताका रुपमा रहेको छ।

तर यौन इच्छा हुँदाहुँदै पनि लिंग उत्तेजित नहुने समस्याले गर्दा धेरैको यौन जीवन सुखद हुन सकेको छैन। यसले गर्दा श्रीमान–श्रीमती तथा प्रेमीहरुबिचको सम्बन्धमा तनाव आउने गरेको छ। यो समस्या लम्बिँदै गएमा सम्बन्ध टुट्ने जोखिम पनि हुन्छ।

पुरुषहरुमा सबैभन्दा बढी देखिने गरेको यौन समस्याका रुपमा रहेको ‘इरेक्टायल डाइफङ्गसन’ (इडी) बारे त्यति चर्चा हुने गरेको छैन। लाज तथा आफूमा रहेको समस्या बताउँदा अरुले नराम्रो दृष्टिले हेर्ने भयले अधिकांश पुरुषहरु यसको उपचार खोज्न लजाउँछन्।

इडीको समस्या उमेर बढ्दै जाँदा देखिने गर्छ भन्ने सामान्य बुझाई छ। तर युवा अवस्थामै पनि धेरै पुरुषमा यो समस्या देखिने गरेको विभिन्न अध्ययनबाट पुष्टि भएको छ। पछिल्लो एक अध्ययनका अनुसार झण्डै एक प्रतिशत पुरुषमा ४० वर्षकै हाराहारीमा ‘टोटल इरेक्टायल डाइफङ्गसन’ अर्थात लिंग उत्तेजित हुँदै नहुने समस्या देखिने गरेको छ।

यस्तै, ७० वा त्यो भन्दा बढी उमेर भएपछि ५० प्रतिशत पुरुषमा इडीको समस्या देखिने गर्छ। अमेरिकामा भएको पछिल्लो एक अध्ययनमा त्यहाँका तीन करोड पुरुषमा कुनै न कुनै रुप या स्तरको इरेक्टायल डाइफङ्गसन रहेको छ।

इरेक्टायल डाइफङ्गसनको समस्या समाधानका लागि औषधि, थेरापी तथा भ्याकुम डिभाइसको प्रयोगसहितका उपाय अपनाउन सकिन्छ। तर यसका लागि चिकित्सक तथा सेक्स थेरापिस्टको सहयोग तथा सल्लाह अनिवार्य हुन्छ।

यस्तै आफ्नो विशेष ख्याल राख्ने अर्थात स्वस्थकर खाना खाने, व्यायाम गर्ने तथा तनावलाई व्यवस्थित गर्नाले पनि इरेक्टायल टाइफङ्गनको समस्याबाट मुक्ति मिल्ने युरोलोजिस्ट शेल्डन मार्कले बताएका छन्।

प्रतिक्रिया दिनुहोस्