ओम अस्पतालमा बाथरोग बिरामीहरुका लागि निःशुल्क बिशेषज्ञ सेवा



१९ कार्तिक २०७६, काठमाडौं

चावहिलको ओम अस्पतालस्थित एण्ड रिसर्च सेन्टरले बाथरोगका बिरामीहरुका लागि बिशेषज्ञ सेवा शुरु गरेको छ। सेवा आरम्भको अवसरमा अस्पतालले आगामी बिहिवार निःशुल्क ओपिडि सेवा प्रदान गर्दैछ।

अस्पतालले भारतको नयाँदिल्ली स्थित अल इण्डिया इन्सटिच्युट अफ मेडिकल साइन्सेस (एम्स) बाट इन्टरनल मेडिसिनमा एमडी तथा पोष्ट ग्र्याजुएट इन्सटिच्युट अफ मेडिकल एडुकेशन एण्ड रिसर्च (पिजिआईएमईआर) चण्डिगढबाट क्लिनिकल इम्युनोलोजीमा डिएम गरेका बाथरोग बिशेषज्ञ डा. साकेत झासँग निःशुल्क परामर्शको ब्यवस्था गरेको हो।

निःशुल्क ओपिडिमा आउने बिरामीहरुका लागि आवश्यक विभिन्न परीक्षणहरुमा समेत छुटको ब्यवस्था गरिएको अस्पतालले जनाएको छ।

निःशुल्क सेवा अन्तर्गत यही कार्तिक २१ गते बिहिबार बिहान ८ः०० बजेदेखि १०ः०० बजेसम्म तथा अपराह्न २ः०० बजेदेखि साँझ ५ः०० बजेसम्म परामर्श गर्न सकिने समाचारमा जनाइएको छ।

नाम दर्ता गर्न अस्पतालको हेल्प डेस्कमा सिधा सम्पर्क गरेर वा मोवाइल नम्बर ९८०२०७६२४७ मा सम्पर्क गर्न सकिने ब्यवस्था छ।

प्रतिक्रिया दिनुहोस्