नवनियुक्त प्रदेश प्रमुखहरुलाई शपथ



१९ कार्तिक २०७६, काठमाडौं

राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त प्रदेश प्रमुखशपथलाई पद तथा गोपनीयताको शपथ गराएका छन्।

राष्ट्रपति भवन, शीतलनिवासमा मंगलबार आयोजित विशेष समारोहमा उनले नवनियुक्त प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ (प्रदेश नं १), तिलक परियार (प्रदेश नं २), विष्णुप्रसाद प्रसाइँ(प्रदेश नं ३), अमिक शेरचन (गण्डकी प्रदेश), धर्मनाथ यादव (प्रदेश नं ५), गोविन्दप्रसाद कलौनी (कर्णाली प्रदेश) र सर्मिला पन्त (सुदूरपश्चिम प्रदेश( लाई गराएका हुन्।

राष्ट्रपति भण्डारीले सोमबार नेपालको संविधानको धारा १६३ को उपधारा (२) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा उनीहरुलाई प्रदेश प्रमुखमा नियुक्त गरेकी थिइन्।

सो अवसरमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, उपप्रधानमन्त्री, मन्त्री, सरकारका विशिष्ट श्रेणीका कर्मचारी, सुरक्षा निकायका प्रमुखलगायत उपस्थित थिए।

प्रतिक्रिया दिनुहोस्