पशुपति क्षेत्र विकास कोषलाई नेकपाको ७ दिने अल्टिमेटम



१८ कात्तिक २०७६, काठमाडौं

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) काठमाडौं महानगर कमिटीका अध्यक्ष निर्मल देउलाको नेतृत्वमा पशुपति क्षेत्र विकास कोषले उद्देश्य अनुरुप काम गर्न नसकेको भन्दै सुधारका लागि ७ दिने अल्टिमेटम सहित कोषका सदस्य सचिव डा. प्रदिप ढकाललाई ९ बुँदे ज्ञापन पत्र बुझाईएको छ ।

नेकपाले बुझाएको ज्ञापन पत्रमा कोषले पुरातात्विक सम्पदाको सरंक्षण, सम्वर्द्धन गर्नुका साथै पुर्ननिर्माणका लागि उल्लेख गरिएको छ ।

सम्पदा क्षेत्रमा संग्रहालयदेखि धार्मिक पुस्तकालय स्थापना हुनुपर्ने समेत नेकपाको माग रहेको छ ।

नेकपाको ९ बुँदे मागहरु :
१. पशुपति क्षेत्रमा रहेका अमूल्य, पुरातात्विक सम्पदाहरु चोरी हुने, हराउने साथै भत्किएर नासिने क्रम जारी छ । यस्ता सम्पदाहरुको सुरक्षा, उचित संरक्षण र मर्मतको कार्य हालसम्म पनि नभएकोमा हाम्रो पार्टीको गम्भिर ध्यानाकर्षण भएको छ ।
२. पशुपति क्षेत्र विकास कोषले पुरातात्विक सम्पदाहरु गौरीघाट, विश्वरुप तथा अन्यत्र पनि असरल्ल अवस्थामा रहेको विषयलाई बेवास्ता गरी नयाँ संरचना निर्माणमा मात्र ध्यान केन्द्रित गरेको प्रति हाम्रो गम्भिर आपत्ति रहेको छ ।
३. दाताले सहयोग स्वरुप उपलब्ध गराएका नेपाल–भारत मैत्री धर्मशाला, सुमार्गी भवन लगायत अन्य तिर्थयात्री तथा धार्मिक पर्यटकका लागि बनाइएका यस्ता संरचनाहरु व्यापारिक प्रयोजनमा प्रयोग भैरहेको र कतिपय संरचनाको भौतिक अवस्था ब्यापक रुपमा हेरफेर गरिएको प्रति हामी गम्भिर आपत्ति प्रकट गर्दछौँ ।


४. सामान्य मर्मत गरेर सञ्चालनमा आउने वनकाली धर्मशालाको समुचित व्यवस्थापन गर्नुपर्नेमा सो नगरी खण्डहरुको रुपमा परिणत भएको छ ।
५. घाटमा शव जलाउँदा लिइने चिता शुल्कको उचित प्रयोग र यथार्थ हरहिसाब हुनुपर्ने प्रति हाम्रो पार्टीको गम्भिर ध्यानाकर्षण भएको छ । साथै स्थानीय व्यक्तिहरुको शव दाह गर्दा नि:शुल्क हुनुपर्छ भन्ने पनि हाम्रो माग रहेको छ ।
६. पशुपति क्षेत्रमा सञ्चालन भैरहेको पार्किङलाई नाफामूलक होइन सेवामूलक ढङ्गले सञ्चालन गरिनुपर्दछ ।
७. ठूलो धनराशी खर्च गरी निर्माण गरिएका भौतिक संरचना जस्तै– बाटोमा छापिएका ढुङ्गा, पर्खाल ६ महिना नपुग्दै भत्किन थालेको छ । त्यसको जिम्मेवारी कसले लिने ?
८. पशुपति क्षेत्रमा यत्रतत्र पुरातात्विक सम्पदाहरु बेवारिसे अवस्थामा रहेका छन् । तिनको उचित  संरक्षण गर्न पशुपति क्षेत्रभित्रै तत्काल संग्रहालय स्थापना गर्नुपर्दछ । साथै यस क्षेत्रमा पर्यटक तथा आम पाठकलाई लक्षित गरी पूर्वीय दर्शन, शैव दर्शन र मानव सभ्यता विकासको उद्गम स्थल पशुपति बारेको विस्तृत जानकारी सहितको पुस्तकालय स्थापना गर्न जरुरी छ । यसतर्फ सम्बन्धित निकायको ध्यान गएको देखिदैँन ।
९. नियमावलीमा व्यवस्था भएको कोषमा कर्मचारी नियुक्ति गर्दा स्थानीय बासिन्दालाई पहिलो प्राथमिकता दिने भनिएकोमा हालसम्म पनि यसको कार्यान्वयन भएको छैन । हामी आगामी दिनमा कर्मचारी नियुक्ति गर्दा कम्तिमा ६० प्रतिशत स्थानीयलाई प्राथमिकता दिनुपर्छ भन्ने जोडदार माग गर्दछौँ ।

नेकपाले बुझाएको ज्ञापन पत्र :

यो पनि पढ्नुहोस् :

विश्व सम्पदा संरक्षणमा महानगर प्रमुख विद्यासुन्दरको सक्रियता

जयबागेश्वरी जिर्णाेद्धारको क्रममा पुरातात्विक मन्दिर भेटियो

पशुपति क्षेत्रको पार्किङ्ग शुल्कमा अनियमितता : सम्झौता एउटा, शुल्क अर्काे

पशुपति क्षेत्र विकास कोषको असहमतिले ३ शताब्दी पुरानो शाक्यहरुले नाच्ने नागिंचा प्याखं (महादेव–पार्वती नाच) रोकियो

गुह्येश्वरीको बेथिति : विश्व सम्पदा सूचीको बेहाल, सरोकारवाला मौन (फोटो फिचर)

पशुपति क्षेत्र विकास कोषलाई नेपाल कर्मचारी युनियनको पन्ध्र दिने अल्टिमेटम

पशुपति क्षेत्रको जिफन्ट आन्दोलनमा डा. राजन भट्टराईको चासो

पशुपति क्षेत्र जिफन्टको मागपछि पशुपतिको पूर्वी ढोका खोलियो

प्रतिक्रिया दिनुहोस्