नेकपाद्वारा ७ प्रदेश प्रमुखको नाम सिफारिस



१८ कार्तिक २०७६, काठमाडौं

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी(नेकपा)ले प्रदेश प्रमुखहरुको नाम सिफारिस गरेको छ।

सोमबार बसेको सचिवालय बैठकले सातवटै प्रदेशका लागि प्रदेश प्रमुखहरुको नाम सिफारिस गरेको हो।

अमिक शेरचन, सोमनाथ अधिकारी प्यासी, तिलक परियार, धर्मनाथ यादव, गोविन्द कलौनी, विष्णु प्रसाइँ र सर्मिला त्रिपाठीलाई प्रदेश प्रमुख नियुक्त गर्न सिफारिस गरिएको महासचिव विष्णु पौडेलले बताए।

फाइल तस्वीर

प्रतिक्रिया दिनुहोस्