
१८ कार्तिक २०७६, काठमाडौं
इराकमा सरकार बिरुद्ध प्रदर्शन चरम उत्कर्षमा पुगेको छ ।
अक्टोबर १ देखि सुरु भएको सरकार बिरोधी प्रदर्शनकारीहरुले मुख्य शहरहरु अवरुद्ध पारेपछि त्यहाँको जनजीवन प्रभावित हुदै गएको छ ।
प्रदर्शकारीहरुको माग भ्रष्टाचारको अन्त्य गर्नुपर्ने, बेराजगारलाई रोजगारी दिनुपर्ने लगायतका मागसहित सरकारको राजीनामाको माग गरेको छ । प्रदर्शनकै क्रममा प्रहरीसँगको झडपमा २ सय ५० भन्दा बढीको मृत्यु भइसकेको छ । एजेन्सी





