सरकारको सातै प्रदेशका प्रमुख पदमुक्तको निर्णयप्रति साझा पार्टीको ध्यानाकर्षण(विज्ञप्ति)



१८ कार्तिक २०७६, काठमाडौं

सरकारले सात वटै प्रदेशका प्रदेश प्रमुखहरुलाई पदमुक्त गराएकोप्रति साझा पार्टीले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

पार्टीका प्रवक्ता सूर्यराज आचार्यले सोमबार विज्ञप्ति जारी गर्दै सातवटै प्रदेशका प्रमुखहरुलाई एकैचोटी हटाउनु अनुदार लोकतन्त्रको एउटा ज्वलन्त उदाहारण भएको उल्लेख गरेका छन्।

‘सरकारको उक्त निर्णय पुर्वाग्रह र दुराग्रहपूर्ण तथा भविष्यका लागि गलत नजिर स्थापित गर्ने प्रकृतिको गैर–राजनीतिक कदम पनि हो। यस्तो रवैयाबाट देशमा सुसंस्कृत राजनीति स्थापित हुन सक्दैन।’ प्रवक्ता आचार्यद्वारा जारी विज्ञप्तिमा भनिएको छ।

दुईतिहाइ समर्थन प्राप्त शत्तिशाली सरकारले देशलाई विकास र सम्वृद्धिको मार्गमा डोर्‍याउनु गर्नुपर्ने अनगिन्ती कामहरू भएपनि सरकार बारम्बार देशको रूपान्तरणका प्रमुख मुद्दाहरूमा प्रवेश नै नगरी ‘कामकुरो एकातिर, कुम्लो बोकी ठिमीतिर’ भने झैँ तपशिलका विषयमा अल्झिएको साझाको ठहर छ।

३ माघ विसं २०७४ मा तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले तोकेका सातै प्रदेशका प्रदेश प्रमुखलाई आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले संविधानको धारा १६५ को उपधारा १(ख) बमोजिम पदमुक्त गरिएको थियो।

विज्ञप्तिः

प्रेस विज्ञप्ति: प्रदेश प्रमुखहरूलाई पदमुक्त गरिएको बारे (प्रकाशन र प्रसारणका लागि बिशेष अनुरोध सहित)

सरकारले सातै प्रदेशका प्रदेश प्रमुखलाई अनायासै पदमुक्त गरेको निर्णयप्रति साझा पार्टीको गम्भिर ध्यानाकर्षण भएको छ।

पाँच वर्षका लागि संवैधानिकरूपमा नियुक्त भएका प्रदेश प्रमूखहरूलाई हालको प्रमूख प्रतिपक्षि र तत्कालिन सत्तारूढ पार्टी नेपाली कांग्रेसको सरकारले नियुक्त गरेकै कारण एकै पटक पदबाट हटाउनु हेर्दा संविधानको परिधिभित्र देखिने तर अभ्यासमा अनुदार लोकतन्त्रको अर्को ज्वलन्त उदाहरण हो।

सरकारको उक्त निर्णय पुर्वाग्रह र दुराग्रहपूर्ण तथा भविष्यका लागि गलत नजिर स्थापित गर्ने प्रकृतिको गैर-राजनीतिक कदम पनि हो। यस्तो रवैयाबाट देशमा सुसंस्कृत राजनीति स्थापित हुन सक्दैन।

दुई-तिहाई समर्थन प्राप्त शक्तिशालि सरकारले देशलाई विकास र संवृद्धिको मार्गमा डोर्याउन गर्नु पर्ने अनगिन्ति कामहरू छन् तर सरकार बारम्बार देशको रूपान्तरणका प्रमुख मुद्दाहरूमा प्रवेश नै नगरि ‘कामकुरो एकातिर, कुम्लो बोकी ठिमीतिर’ भनेझैँ तपशीलका विषयहरूमा अल्झिनु अत्यन्तै खेदजनक विषय हो।

डा. सूर्यराज आचार्य

प्रवक्ता

साझा पार्टी

मिति: १८ कार्तिक २०७६

प्रतिक्रिया दिनुहोस्