
१८ कार्तिक २०७६, काठमाडौं
नेपालको उड्डयन इतिहासमा पहिलो पटक काठमाडौँ र बेजिङबीच सिधा हवाई सम्पर्क स्थापना भएको छ ।
नेपाल पर्यटन बर्ष २०२० लाई लक्षित पार्दै सबैभन्दा धेरै पर्यटन आउने अपेक्षा राखि छिमेकी मुलुक चीनको राजधानी बेजिङमा सिधा हवाई उडान सुरु गरिएको छ ।
नेपाल र चीनको संयुक्त लगानी रहेको अन्तर्राष्ट्रिय उडान भर्ने निजी वायु सेवा प्रदायक कम्पनी हिमालयले बेजिङस्थित नवनिर्मित डाक्सिन इन्टरनेशनल विमानस्थलमा व्यावसायिक उडान शुरु गरेको छ । आइतबार पर्यटन मन्त्री योगेश भट्टराई र चिनियाँ राजदुत यु होङ्ले संयुक्त शुभारम्भ गरेका थिए ।





