नेपाल सम्वत ११४० को अवसरमा नेकपा काठमाडौं महानगरको बृहत तुच्चा कार्यक्रम हुँदै



१७ कात्तिक २०७६, काठमाडौं

नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) काठमाण्डौ महानगर कमिटीले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीको प्रमुख आतिथ्यतामा दशै, तिहार, छठ र नेपाल संवत ११४० को उपलक्षमा बृहत शुभकामना आदानप्रदान तथा तुच्चा कार्यक्रम आयोजना गर्ने भएको छ ।

आगामी कात्तिक २३ गते शनिबार बसन्तपुर दरबार स्वायरमा दिनको १ देखि ५ बजेसम्म हुने कार्यक्रममा सहभागी हुन महानगरवासी तथा आम शुभेच्छुक, शुभचिन्तकहरुमा महानगर कमिटीले निमन्त्रणा गरेको छ ।

नेकपा महानगर अध्यक्ष निर्मल देउलाले कार्यक्रममा सकेसम्म धेरै महानगरवासीलाई निमन्त्रणा गरेको र नपुगेको खण्डमा यही समाचारलाई आधार मानी सहभागी हुन अनुरोध गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्