सुनकोशी बस दुर्घटना फलोअपः मृतकको संख्या १० पुग्यो, उद्धार कार्य जारी



१७ कार्तिक २०७६, काठमाडौं

चौतारा साँगचोकगढी नगरपालिका–९ सुनकोशी नदीमा बस दुर्घनामा मृत्यु हुनेको संख्या १० पुगेको छ।

दुर्घटनामा घाइतेहरुको संख्या यकिन भइनसकेको बताइएको छ।

दोलखाको मागा देउरालीबाट काठमाडौं आउँदै गरेको बा २ खा ७२४५ को बस नदिमा खसेको हो। अहिले उद्धार कार्य जारी छ। मृतकको संख्या बढ्न सक्ने अनुमान गरिएको छ।

बस खोलामा पूरै डुबेको छ। बसमा ४० जना सवार रहेको घाइतेहरुले बताएका छन्।

घटनास्थलमा उद्धारको काम भइरहेको प्रहरीले जनाएको छ।

सम्बन्धित समाचारः

यात्रुबहाक बस सुनकोशीमा खस्यो

 

सुनकोशी बस दुर्घटना अपडेटः ६ जनाको शव फेला

प्रतिक्रिया दिनुहोस्