यात्रुबहाक बस सुनकोशीमा खस्यो



१७ कार्तिक २०७६, काठमाडौं

सुनकोशीमा यात्रुबहाक बस खसेको छ।

दोलखाबाट काठमाडौं आउँदै गरेको यात्रुबहाक बस सिन्धुपाल्चोकको सुकुटेबाट सुनकोशी नदीमा खसेको जनाइएको छ।

जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका अनुसार बस नम्बर थाहा भएको छैन।

बसमा ३५/४० जना यात्रु रहेका हुन सक्ने प्रहरीले जनाएको छ।

सांकेतिक तस्वीर

प्रतिक्रिया दिनुहोस्