कार बम विस्फोट: १३ को मृत्यु, २० बढी घाइते



१७ कार्तिक २०७६, काठमाडौं

सिरियामा कार बम विस्फोट हुँदा १३ जनाको मृत्यु भएको छ।

सिरियाको उत्तरी शहर तल अब्यादमा भएको विस्फोटमा अन्य २० भन्दा बढी घाइते भएका छन्।

विस्फोटमा मारिनेमा टर्की समर्थित लडाँकू र सर्वसाधारण रहेका अधिकारीहरुले बताएका छन्।

विस्फोटको जिम्मा कसैले लिएको छैन। यद्यपी टर्कीको रक्षा मन्त्रालयले भने मिलिशिया समूह पीपुल्स प्रोटेक्सन यूनिट्सले विस्फोट गराएको आरोप लगाएको छ।

गत महिना अमेरिकी सेना फिर्ता भएलगत्तै टर्किस सेनाले उत्तरी सीमामा कुर्द नियन्त्रित सीमा क्षेत्रमा आक्रमण गर्न थालेको छ।

सिरियामा पछिल्लो समय कुर्द बिद्रोहीहरुसँग टर्किस सेनाले युद्ध गर्दै आएको छ।(एजेन्सी)

प्रतिक्रिया दिनुहोस्