उप निर्वाचनः समाजवादी पार्टीले टुंग्यायो उम्मेदवार



१७ कार्तिक २०७६, काठमाडौं

समाजवादी पार्टीले आगामी १४ मंसीरमा हुने उप निर्वाचनका लागि उम्मेदवारको टुंगो लगाएको छ।

पार्टीले कास्की–२, मा हुने प्रतिनिधिसभा निर्वाचनका लागि धर्मराज गुरुङलाई टिकट दिएको छ। यस्तै बाग्लुङ–२ (ख)मा अशोककुमार विश्वकर्मा र दाङ–३, (ख)मा डिल्लीबहादुर डाँगीलाई टिकट दिएको हो।

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी(नेकपा)र प्रतिपक्षी नेपाली कांग्रेसले भने अझै उम्मेदवार टुंगो लगाउन सकेको छैन। कांग्रेसले आजै उम्मेदवार टुंगो लगाउने तयारी गरेको छ भने नेकपाले सोमबार मात्रै टुंगो लगाउने संभावना रहेको छ।

उक्त जानकारी पार्टीका अध्यक्ष बाबुराम भट्टराईको आधिकारिक ट्वीटरबाट लिइएको हो।

 

प्रतिक्रिया दिनुहोस्