प्रधानमन्त्री फेरि अस्पतालमाः सचिवालय बैठक अनिश्चित



१७ कार्तिक २०७६, काठमाडौं

प्रधानमन्त्री केपी शर्मा ओली तेस्रो डायलाइसिसका लागि ग्राण्डी अस्पताल पुगेका छन्।

अस्पतालमा आजै उनको तेस्रो डायलाइसिस हुने अस्पताल प्रशासनले जनाएको छ।

नेकपाका अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीको स्वास्थ्यका कारण आज बस्ने भनिएको नेकपा सचिवालय बैठक भने अनिश्चित बनेको छ।

आगामी १४ मंसिरमा हुने आसन्न उप निर्वाचनको उम्मेदवार टुंगो लगाउन आज बस्नेगरी सचिवालय बैठक हिजो स्थागित गरिएको थियो।

ओलीको स्वास्थ्य सामान्य बनेमा बेलुकी बस्ने र आज अस्पतालमै बस्नु पर्ने अवस्थामा भोलि बैठक बस्ने एक सचिवालय सदस्यले बताए।

फाइल तस्वीर

प्रतिक्रिया दिनुहोस्