दुर्घटनाः २ को मृत्यु, ८ घाइते



१५ कार्तिक २०७६, काठमाडौं

मालिका गाउँपालिका २ को रुमगाउँमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।

गाउँपालिकाको केन्द्र दरबाङदेखि रुमगाउँका लागि छुटेको ध १ ज ५९५ नम्बरको जीप दुर्घटना हुँदा स्थानीय सपबहादुर विक र चन्द्रबहादुर पुनको ज्यान गएको हो।

जीप दुर्घटनामा अन्य ८ जना घाइते भएका बताइएको छ। घाइतेको प्राथमिक स्वास्थ्य केन्द्र दरबाङमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यलय म्याग्दीले जनाएको छ।

सांकेतिक तस्वीर

प्रतिक्रिया दिनुहोस्