धादिङमा भाले कुखुराले अण्डा पार्दा एक जना पक्राउ



१५ कार्तिक २०७६,धादिङ

धादिङमा कुखुराले सानो अण्डा पार्दा एक जना पक्राउ परेका छन् ।

खनियावास गाउँपालिका २ झार्लाङका सोमबहादुर तामाङलाई प्रहरीले पक्राउ परेका छन् । तामाङले पालेको कुखुराको खोरमा निक्कै सानो अण्डा भेटिएको थियो। कुखुराले पारेको अण्डा सानो भएपछि सोमबहादुरले छिमेकीलाई देखाए। एकले अर्कोलाइ देखाउँदै गर्दा सोमबहादुरको कुखुराको खोरमा भेटिएको अण्डा भाले कुखुराले पारेको अण्डा हो भन्ने हल्ला फैलियो।

संगैसंगै उक्त अण्डाको मुल्य १ करोडभन्दा बढी पर्ने दावी हुन थाल्यो। धेरै मुल्य पाउने सुनेपछि सोमबहादुरले अण्डा लुकाए। अण्डा लुकाएको पर्सिपल्ट अण्डा नै गायव भएपछि उत्पन्न परिस्थितिले सोमबहादुरलाई प्रहरी खोरमा पुर्‍याएको छ।

प्रतिक्रिया दिनुहोस्