नग्न तस्वीर सार्वजनिकपछि सांसदले दिइन् राजीनामा



१५ कार्तिक २०७६, काठमाडौं

क्यालिफोर्नियाकी एक महिला सांसदले नग्न तस्वीर सार्वजनिक भएपछि अमेरिकी संसदबाट राजीनामा दिएकी छिन्।

३२ वर्षीया बाइसेक्सुअल नेता केटी हिलको संसदमै आवद्ध एक पुरुष सहयोगीसँग अफेयर भएको र एक महिला क्याम्पेन स्टाफसँग पनि सम्बन्ध स्थापित गरेको आरोप उनीमाथि भएको समाचार गृह लटाइम्सले जनाएको छ।

उनी हाउस एथिक्स कमेटीको अनुसन्धानमा पनि परेकी छिन्। नग्न तस्वीर सार्वजनिक भएपछि आफूलाई पदमा रहँदा अझै के के कुरा सार्वजनिक हुने हुन् भन्ने डर लागेको बताएकी छिन्। केटीले आइतबार संसदबाट राजीनामा दिएको घोषणा गरिन्। नोभेम्बर सन् २०१८ मा उनी छानिएकी थिइन्। केटीले ट्वीटरमा पनि आफ्नो राजीनामा पत्र सेयर गरेकी छिन्।

रिपोर्टका अनुसार केटीले क्याम्पेन स्टाफसँग ‘अनुचित’ सम्बन्ध स्वीकार गरेकी छिन्। तर उनले आफ्नो अफिसमा कर्मचारीसँग सम्बन्ध स्थापित गरेको अस्वीकार गरेकी छिन्।

यस्तै, केटी र उनका श्रीमान्बीच सम्बन्धविच्छेदको प्रक्रिया चलिरहेको छ। केटीले राजीनामा दिँदै आफूले गल्ती गरेको स्वीकार गरेकी छिन्। तर उनले बदनामीका लागि अभियान चलाएको पनि आरोप लगाइन्।

केटीले भनिन्, ‘मेरो गोपनीयताको दखल दिएर नीजि पलको तस्वीरलाई मविरुद्ध प्रयोग गरियो। यो गैह्रकानूनी यस्तै, एउटा ठूलो मिडिया कम्पनीको वेबसाइटमा इन्टिमेट फोटो प्रकाशित हुँदा पनि उनीहरुले कानूनी कारबाहीको धम्की दिएका छन्।’

प्रतिक्रिया दिनुहोस्