
१५ कार्तिक २०७६, काठमाडौं
संखुवासभाबाट निर्वाचित भएका नेकपाका सांसद राजेन्द्रप्रसाद गौतमको काठमाडौंस्थित कोठाबाट चोरी भएको छ ।
गौतमको कोठाबाट काठमाडौं महानगरपालिका १० देवीनगर स्थित बुधबार साँझ नगद एक लाख २५ हजार रुपैयाँ र सुनका गहनासमेत करिब ३ लाख २० हजार रुपैयाँ बराबरको धनमाल चोरी भएको प्रहरीले जनाएका छन् ।
चोरीमा संलग्न व्यक्तिहरुको खोजी भइरहेको जानकारी दिँदै प्रहरीले आवश्यक अनुसन्धान भइरहेको उल्लेख गरेका छन् ।





