जीप दुर्घटनामा २२ घाइते



१४ कार्तिक २०७६, काठमाडौं

जिल्लाको गजुरी गाउँपालिकाअन्तर्गत पर्ने मलेखु भण्डारा सडक खण्डको टुनीखोलामा तरकारी बोकेको जीप दुर्घटना हुँदा २२ जना घाइते भएका छन्।

घाइतेमध्ये १० जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। बेनीघाट रोराङको २ ताल्तीबाट पृथ्वीराजमार्गको मलेखुतर्फ यात्रु लिएर आउँदै गरेको ग १ ज ३०११ नम्बरको जीप बिहीबार बिहान ९ बजेतिर गजुरी २ टुनीखोला नजिकै दुर्घटना भएको हो।

जीप मोडबाट खोलामा खसेको थियो । इलाका प्रहरी कार्यालय गजुरीका अनुसार दुर्घटनाका घाइतेहरुलाई नेपाल प्रहरी, रेडक्रसकर्मी, स्वयंसेवक टोली र स्थानीयले उद्धार गरी उपचारका लागि राजमार्ग सामुदायिक अस्पताल मलेखु पठाइएको छ।

सख्त घाइतेलाई भने उपचारका लागि काठमाडौं रिफर गरिएको राजमार्ग सामुदायिक अस्पतालले जानकारी दिएको छ।

चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

घाइतेहरुः

अच्युत सिलवाल (वर्ष २३) गजुरी– १

भीमराज सिलवाल (वर्ष २५) गजुरी–१

नवराज खरेल (वर्ष २४) वेनिघाट–२

विवश सेढाई (वर्ष १५) गजुरी–२

दिनेश तामाङ (वर्ष २३) गजुरी–३

सरस्वती रेग्मी (वर्ष २१) वेनिघाट–२

अप्सरा बस्नेत (वर्ष ४५) वेनिघाट–२

नमराज हटुवाल (वर्ष ४४) वेनिघाट–२

सुनिल दर्जी (वर्ष २८) मकवानपुर

शान्ति तामाङ (वर्ष ३४) बेनिघाट–२

सन्तोष अधिकारी (वर्ष १६)गजुरी–२

नरेस सिलवाल(वर्ष २४)बेनिघाट रोराङ–४

सांकेतिक तस्वीर
प्रतिक्रिया दिनुहोस्