कपिलवस्तुमा कर्फ्यू, एकको मृत्यु



१४ कार्तिक २०७६, काठमाडौं

कपिलवस्तुको कृष्णनगर तनावग्रस्त हुँदा एक जनाको ज्यान गएको छ।

ज्यान ज्याने व्यक्तिको पहिचान भइ नसकेको प्रहरीले जनाएको छ।

नगरपालिकाको कृष्णबजारमा लक्ष्मी पूजाको मूर्ति बिसर्जनको विषयलाई लिएर तनाव उत्पन्न भएपछि जिल्ला प्रशासन कार्यालयले कर्फ्यू जारी गरेको हो। स्थिति तनावग्रस्त भएपछि प्रहरीले केही राउण्ड हवाइ फायर समेत गरेको थियो।

बिहान ११ बजेदेखि जारी गरिएको गरिएको कर्फ्यू कृष्णनगर भन्सार कार्यालयदेखि उत्तरतर्फ ७ सय मिटर, पश्चिमतर्फ ७ र पूर्व तर्फ ३ सय मिटर क्षेत्रसम्म जारी गरिएको छ।

सांकेतिक तस्वीर

प्रतिक्रिया दिनुहोस्