तकस्वाः नेवाः पुचःद्वारा भिन्तुना कार्यक्रम सम्पन्न



१३ कार्तिक २०७६, काठमाडौं

तकस्वाः नेवाः पुचःले ने.सं. ११४० भिन्तुना कार्यक्रम सम्पन्न गरेको छ।

तकस्वाः नेवाः पुचःले बुधबार काठमाडौं गोल्फुटारस्थित मोटरसाइकल र्‍याली निकाली भिन्तुना कार्यक्रम सम्पन्न गरेको हो।

र्‍यालीको उद्घाटन गोल्फुटारबाटै निर्वाचित सांसद दीपक निरौलाले गरेका थिए।

उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा जेष्ठ नागरिकद्वय कुमार महर्जन र हिरालाल महर्जन सम्मानित भएका संस्थाका संस्थापक अध्यक्ष/सल्लाहकार प्रदिप डंगोलले जानकारी दिए।

यस्तै विशेष अथिति परराष्ट्रविद् हिरण्यलाल श्रेष्ठ रहेका कार्यक्रममा संस्थाका संस्थापक सल्लाहकारहरु प्रदिप डंगोल, राजेन्द्र महर्जन, बसनारायण महर्जन र विजय महर्जनलाई पनि दोसल्ला ओढाई सम्मान गरिएको थियो।

कार्यक्रममा सांसद दीपक निरौला, भिमसेन खत्री, सीता लामा, बूढानीलकण्ठ नपाका मेयर उद्दव प्रसाद खरेल, अमेरिकाको न्यूयोर्कस्थित नेपाल भाषा गुठीका संस्थापक अध्यक्ष आदित्य महर्जन, नेवाः मंका खलः भूजसिःका अध्यक्ष ब्रमदेव श्रेष्ठलगायत अथितिको रुपमा थिए।

कार्यक्रमलाई बूढानीलकण्ठ ६ र ७ ले सहयोग गरेको थियो।

कार्यक्रमबारे विस्तृत बुझ्न संस्थापक अध्यक्ष/सल्लाहकार प्रदीप डंगोलको फेसबुक लिङ्कः

प्रतिक्रिया दिनुहोस्