न्यूयोर्क सिटी कम्पट्रोलरद्वारा तामाङ समाज अमेरिका सम्मानित



१३ कार्तिक २०७६, काठमाडौं

न्यूयोर्क सिटी कम्पट्रोलरद्वारा तामाङ समाज अमेरिका सम्मानित भएको छ।

तामाङ समाज अमेरिकालाई गत २८ अक्टोबरमा वार्षिक कार्यक्रम अन्तर्गत न्यूयोर्क शहरको विविधताको सम्मान गर्दै मनाइएको दीपावली पर्वको अवसरमा कम्पट्रोलर स्कट स्ट्रिन्जरले सम्मान गरेका हुन्।

न्यूयोर्क सिटी कम्पट्रोलरबाट यस्ता खालका उच्च स्तरको सम्मान पाउनेमा तामाङ समाज अमेरिका तेश्रो नेपाली संस्था हो। न्यूयोर्क सिटी कम्पट्रोलरले प्रदान गर्ने उक्त सम्मान क्रमसः २०१७ र २०१८ मा नेपाल आदिवासी जनजाति महसंघ अमेरिका(फिप्ना) र अधिकारले प्राप्त गर्न सफल भएको थियो।

दक्षिण एसियाली मूलका समुदायको बृहत उपस्थितिमा तामाङ समाज अमेरिकाकी महासचिव विनिता तामाङले संस्थाको तर्फबाट सो सम्मान ग्रहण गरेकी थिइन्।

सम्मान ग्रहन गर्दै संस्थाकी महासचिव विनिता तामाङ

कार्यक्रममा बोल्दै तामाङ समाज अमेरिकाको महासचिव तामाङले यो सम्मानबाट तामाङ समाज अमेरिकाको जिम्मेवारी अझै बढेको र न्यूयोर्क शहरलाई गर्व गर्न लायकको शहर बनाउने अभियानमा संस्थाले अहम भूमिका निर्वाह गर्ने बताएकी बताएकी थिइन्।

तामाङ समाज अमेरिकाले नेपाली समुदाय माझ निर्वाह गरेको सामुदायिक जिम्मेवारीको न्यूयोर्क सिटी कम्पट्रोलर स्कट स्ट्रिन्जरले खुलेर प्रशंसा गरेका थिए।

तामाङ समाज अमेरिकाको काम कारबाहीको प्रशंसा गर्दै कम्पट्रोलर स्कट स्ट्रिन्जर:
कार्यक्रमबीच दीपावली गर्दै स्कट स्ट्रिन्जर तथा समाजका पदाधिकारीहरुः
सम्मान ग्रहनपछि सम्मानित संस्थाका पदाधिकारीहरुः

प्रतिक्रिया दिनुहोस्