चार्डपर्वपछि शरिरलाई स्वस्थ अनि फिट राख्ने तरिका



१३ कार्तिक २०७६, काठमाडौं

तिहार सकिएको छ। तिहारसम्म विभिन्न चार्डपर्वको शिल्शिलामा जारी रह्यो । दशैं लगत्तै तिहार मनायौं। नेपाली समाजले यी चार्डपर्व मन खोलेर धुमधामका साथ मनाउने गर्दछ।

दशैं–तिहार जस्तो चार्डपर्वमा लामो विदा हुन्छ। यही मेसोमा सबैले आफन्त, इष्टमित्रसँग भेट गर्ने गर्दछन्। पूख्र्यौली घर र्फकन्छन्। मिठोमसिनो खान्छन्। रमाइलो गर्छन्। यस क्रममा सामान्य दिनभन्दा फरक हुन्छ हाम्रो जीवनशैली। एक हिसाबले भन्ने हो भने हाम्रो दिनचर्या अनियमित हुन्छ। हामी अस्तव्यस्त हुनपुग्छौं।

आवश्यक्ताभन्दा बढी खान्छौं। सुत्ने र उठ्ने तालिका मिल्दैन। गुलियो, मिठो, तारेको, भुटेको खानेकुरा खाइन्छ। मासु एवं दुधजन्य खानेकुरा पनि भरपेट खाइन्छ। यसरी अनियन्त्रित खानपान र अस्तव्यस्त जीवनशैलीले हाम्रो स्वास्थ्य खराब पनि बनाउन सक्छ।

अक्सर चार्डपर्वमा धेरैलाई पेटको समस्या हुन्छ। अपच, ग्याष्ट्रिक जस्ता समस्याले सताउँछ। निद्रा पुग्दैन। यसले गर्दा कतिपय दीर्घरोगीहरुलाई अरु समस्यामा पार्न सक्छ। चार्डपर्वमा धेरैको तौल बढ्छ। मोटोपन पनि बढ्छ।

नियमित दिनचर्या

अब भने चार्डपर्व सकिएको छ। चार्डपर्वको ह्याङओभर हटाएर नियमित दिनचर्यामा र्फकनुपर्ने हुन्छ। आफ्नो काम–धन्दा सम्हाल्नुपर्नेहुन्छ। साथ–साथै स्वास्थ्यको पनि ख्याल राख्नुपर्ने हुन्छ।

चार्डपर्वको खानपान र दिनचर्याको कारण शरिरमा जमेको विषाक्त पदार्थ निकाल्नुपर्छ। अर्थात शरिरलाई शुद्धिकरण गर्नुपर्छ। यसका लागि केही विधी अपनाउनुपर्ने हुन्छ।

पर्याप्त निद्रा

देउसी भैलो खेलेर कतिपयले रात गुजारेका होलान्। देउसी भैलोकै कारण कतिपयको निद्रा विथोलिएको होला। कतिपयले आफन्त, इष्टमित्रको जमघटमा रात कटाएका होलान्। यसरी विविध कारणले हाम्रो निद्रा पुगेको छै । हामीले पर्याप्त निद्रा लिन सकेका छैनौं।

अब भने हामीले सुत्ने र उठ्ने तालिकालाई नियमित बनाउनुपर्छ। निश्चित समयमा सुत्ने र उठ्ने गर्नुपर्छ। रातमा कम्तीमा सात–आठ घण्टा सुतेर निद्रा र्पुयाउनुपर्छ।

व्यायाम गरौंचार्डपर्वमा हामी शारीरिक रुपले निस्क्रिय रहन्छौं। शारीरिक गतिविधि कम हुन्छ। चार्डपर्वको माहौलमा व्यायाम गर्ने जाँगर पनि चल्दैन।
अब भने नियमित रुपमा व्यायाम गर्नुपर्छ। विहान उठ्ने, दौडने गर्नुपर्छ। विहान नियमित ३० वा ४५ मिनेट हिँड्ने, व्यायाम गर्ने गर्नुपर्छ। योग एवं ध्यान विधीको पनि अभ्यास गर्नुपर्छ । शरीर र मनलाई सन्तुलित राख्नुपर्छ।

सुपाच्य खानेकुरा

चार्डपर्वमा जथाभावी खानेकुरा खाइन्छ। मिठो मसिनो खाने लोभमा आवश्यक्ताभन्दा बढी खानेकुरा सेवन गर्न पुग्छौं। खानामा पनि थरीथरीका परिकार हुनेगर्छ। मासु, मदिरा आदि सेवन गरिन्छ। यसले हाम्रो पाचन तन्त्रलाई पक्कैपनि असर गरेको होला।

अब भने सुपाच्य खानेकुरा सेवन गर्नुपर्छ। खानेकुरा नियमित र सन्तुलित हुनुपर्छ। खानामा हरियो सागपात, सलाद आदिलाई महत्व दिनुपर्छ। अनावश्यक खानेकुराको सेवनबाट बच्नुपर्छ। मदिरा, मासुजन्य परिकारलाई नियन्त्रण गर्नुपर्छ।

ताजा फलफूल

शरिरमा रहेको विषाक्त तत्वलाई हटाउनका लागि पनि अब ताजा फलफूलमा जोड दिनुपर्छ। खासगरी मौसमी फलफूल सेवन गर्नुपर्छ।

फलफूलका साथसाथै पर्याप्त पानी पनि सेवन गर्नुपर्छ। पानीले शरीरमा जमेको अतिरिक्त फ्याट र सुगर बाहिर निकाल्न सहयोग गर्छ। दिनमा कम्तीमा तीन लिटर पानी पिउन उपयोगी हुन्छ।

प्रतिक्रिया दिनुहोस्