सोलुखुम्बुको एक होटलमा विदेशी नागरिक मृत फेला



१३ कार्तिक २०७६,काठमाडौं

सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका वडा नम्बर ४, लबुछेमा एक विदेशी नागरिक मृत फेला परेका छन् ।

मगंलबार बिहान साढे ६ बजे होटलमा सुतिरहकैे अवस्थामा ५४ वर्षिया बेलायती नागरिक केलीनु जोसेफको मृत फेला परेका सोलुखुम्बु प्रहरीले जनाएको छ ।

मृत्युको कारण भने खुल्न नसकेको र शवको मंगलबारै कानुनी प्रकृया पूरा गरी हेलिकप्टर मार्फत काठमाण्डौ ल्याएको प्रहरी निरीक्षक उत्तम कार्कीले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्