
१२ कार्तिक २०७६, काठमाडौं
बेसी शहर नगरपालिका–११ चितीमा जुवा खेल्दै गरेको अवस्थामा २५ जनालाई प्रहरीले पक्राउ गरेको छ।
मंगलबार बिहान एक स्थानीयवासीको कुखुराको खोरमा जुवा खेलिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी निरीक्षक धनबहादुर थापाले जानकारी दिए।
पक्राउ परेकाहरुको साथबाट नगद दुई लाख १६ हजार रुपैयाँसमेत बरामद भएको प्रहरीले जनाएको छ।
पक्राउ परेका सबैलाई जुवा ऐनअन्तर्गत कारबाही हुने र १४ गते कार्यालय खुलेपछि जिल्ला प्रशासन कार्यालयमा पेश गरिने बताइएको छ।





