
१२ कार्तिक २०७६, काठमाडौं
यो अपाङ्गता भएका व्यक्तिहरुको देउसी भैलो हो।
उनीहरु राजधानी काठमाडौंको अधिकांश ठाँउमा यसैगरी पुग्छन्।
यो तस्वीर बौद्ध स्तुपाको हो। उनीहरु बौद्धनाथको ढोका नजिक गोलबन्दमा बसेर आफ्ना कला–क्षमताद्वारा दक्षिणा संकलन गरिरहेका छन्। १० जनाको समूह उनीहरुले विभिन्न ठाँउ/गाउँका भएका उक्त समूहका एक सदस्य पकाश बस्नेत बताउँछन्।
उनीहरु सबै ह्वीलचियरवाला हुन्। उनीहरसँग एउटा साउण्डसिस्टम, एक थान बाँसुरी र एक थान मादल छ।
ह्वीलचियरमै बसेर वाद्यवादन बजाउँदै गीत गाइरहेका उनीहरु छोटो समयमै धेरै दक्षिणा जम्मा गर्न सफल हुन्छन्।
थप तस्वीर यहाँः






