आँखा नाक बिनाको बच्चा जन्मिएपछि………



१० कार्तिक २०७६, काठमाडौं

आमा र बच्चा दुवैको स्वास्थ्यमा कुनै पनि समस्या नआओस् भनेर हामी निकै सजग रहने गर्छौ। त्यसैले त हामी पटक–पटक चिकित्सककहाँ गएर बिभिन्न स्वास्थ्य परीक्षण गराउँछौं र आमा–बच्चा दुवैको स्वास्थ्य ठीक रहे–नरहेको एकिन गर्ने गर्छौ।

तर, जब स्वास्थ्य परीक्षण गर्ने चिकित्सकले नै ठीक भनेको बच्चा असामान्य जन्मियो भने आमा–बुवाको अवस्था कस्तो होला? पक्कै पनि पीडादायी त हुन्छ नै!

यस्तै, पिडाहरुमा एक पोर्चुगलका एक दम्पत्तिलाई भएको छ। जुन कुरामा डाक्टरले लापरवाही गरेको भन्दै देशभर आक्रोश फैलिएको छ।

७ अक्टुबरको दिन पोर्चुगलको एक सानो शहरमा एक अनौठो बच्चाको जन्म भयो। बच्चाको आँखा, नाक र टाउकोको एक भाग नै थिएन। बच्चा गर्भमै रहँदा धेरै किसिमको जाँच भएको थियो। तर, बच्चाको आँखा, नाक र टाउकोको एक भाग नै नभएकोबारे अभिभावकलाई कहिल्यै जानकारी दिइएन।

गर्भवती पूरै नौ महिना अर्तुर कार्वल्हो नामका डाक्टरको निगरानीमा थिइन्। उनैले गर्भवती र गर्भको बच्चाको परीक्षण पटक–पटक गरेका थिए। तर बच्चा यस्तो अवस्थामा जन्मिएपछि डाक्टर अर्तुरलाई लापरवाहीको आरोपमा मेडिकल काउन्सिलले निलम्वनको कारबाही गरेको छ।

डाक्टरले लापरवाही गरेको खबर सार्वजनिक भएपछि देशबासीमा आक्रोश फैलिएको छ। आक्रोशित भएकाहरुले आफूमा यिनै डाक्टरले गरेको लापरवाहीको सूचना पनि दिइरहेका छन्। यद्यपि यी आरोपहरुका विषयमा डाक्टर अर्तुरले कुनै प्रतिक्रिया दिएका छैनन्।

गर्भवतीलाई डाक्टर अर्तुरले तीन पटक अल्ट्रासाउन्ड गरेका थिए। आमा–बुवाका अनुसार, डाक्टरले बच्चाको स्वास्थ्यबारे कुनै चिन्ता व्यक्त गरेनन्। गर्भ ६ महिना पुगेपछि अर्को एक क्लिनिकमा चौथो पटक अल्ट्रासाउन्ड गराइयो, जुन ‘फाइड–डी’ अल्ट्रासाउन्ड थियो। यसबाट गर्भको रहेको बच्चाको बारेमा धेरै जानकारी मिल्छ।

फाइड डी अल्ट्रासाउन्ड गरेपछि क्लिनिकका डाक्टरले भ्रुण राम्रोसँग बिकसित नभएको र बच्चा असामान्य रहेको बताए।

त्यसपछि दम्पत्ति पुनः डाक्टर अर्तुरकहाँ गए। तर, उनले क्लिनकको डाक्टरले भनेजस्तो केही नभएको बताए। तर जब बच्चा जन्मियो, तब असामान्य देखियो। उसको टाउकोको केही भाग नै थिएन। त्यसपछि अस्पतालका कर्मचारीहरुले आमा–बुवालाई बच्चा केही घण्टासम्म मात्र बाँच्ने जानकारी दिए। यद्यपि उक्त शिशु दुई हप्तादेखि जिन्दगीसँग लडिरहेको छ।

त्यसपछि डाक्टर अर्तुरविरुद्ध दोस्रो आरोप पनि सार्वजनिक भयो । स्वास्थ्य अधिकारीहरुका अनुसार उनीविरुद्ध कम्तिमा ६ जनाको उजुरी छ । कुनै उजुरी त सन् २०१३ का पनि छन् । धेरै व्यक्तिहरुले डाक्टर अर्तुरको लापरवाहीका कारण गर्भवतीको बेला समस्या सिर्जना भएको बताएका छन् ।

सन् २०११ पनि यस्तै एक असामान्य बच्चाको जन्म भएको थियो। बच्चाको अनुहारको केही भाग थिएन। खुट्टा पनि राम्रोसँग विकसित भएको थिएन र दिमाग पनि गम्भीर क्षति पुगेको देखिन्थ्यो।
असामान्य अवस्थाको बच्चा जन्मिएपछि ती बच्चाको आमाले डाक्टरविरुद्ध आपराधिक मुद्दा दायर गरेकी छन्। आठ वर्षमात्र पुगेको उक्त बच्चाको धेरै पटक बिभिन्न अपरेसन गरिएको छ। यति हुँदा पनि त्यो बच्चा अहिलेसम्म हिँड्न र बोल्न सक्दैन।

समाचारका अनुसार सन् २००७ मा यसै डाक्टरविरुद्ध एक अर्को आपराधिक मुद्दा दर्ता भएको थियो, जसको सुनुवाइ नगरी फाइल बन्द गरिएको थियो। उक्त बच्चाको जन्मिएको केही महिनापछि नै मृत्यु भएको थियो।

प्रतिक्रिया दिनुहोस्