संध्या आचार्य बनिन् छमछमी ४ को विजेता



१० कार्तिक २०७६, काठमाडौं

हेटौंडाकी संध्या आचार्य रियो छमछमी सिजन ४ को विजेता बनेकी छिन्।

नृत्य प्रतिभाको खोजीका रुपमा एक वर्षअघि सुरु भएको सो प्रतियोगिताको शनिबार राति अबेर सम्पन्न अन्तिम प्रतिस्पर्धामा आचार्य विजेता बनेकी हुन्। संचार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले विजेता आचार्यलाई सुजुकीको अल्टो के १० कारको साँचो तथा अवार्ड प्रदान गरे।

नेपाल टेलिभिजनद्वारा आयोजित सो प्रतियोगितामा महोत्तरीका नेशन सुस्लिङ मगर प्रथम उपविजेता र झापाकी दिलमाया लिम्बूले द्वितीय उपविजेता बने। सुस्लिङले पाँच लाख र दिलमायाले तीन लाख रुपियाँसहित पुरस्कार प्राप्त गरेका छन्।

अघिल्लो वर्षको संविधान दिवसको अवसर पारेर थालनी गरिएको रियो छमछमीको चौथो शृङ्खलाको उत्कृष्ट पाँचमा पोखराकी सपना धाई थापा र दाङका आकाश विक समेत परेका थिए।

प्रतिक्रिया दिनुहोस्