‘तिहारमा बत्ती जाँदैन, ढुक्क बस्नुस्’



१० कार्तिक २०७६, काठमाडौं

कुनै समय १८ घण्टासम्म लोडसेडिङको मारमा परेका नेपालीहरूले केही वर्ष यतादेखि लोडसेडिङको समस्या खेप्नु परेको छैन।

यसैबीच उज्यालो तथा झिलिमिलीको पर्व तिहारमा आम उपभोक्ताले चाहेजति बत्ती बाल्न पाउने भएका छन्।

केही बर्ष पहिलेसम्म तिहारमा बढी नै विद्युत खपत हुने भन्दै प्राधिकरणले उच्च विद्युत खपत हुने उपकरण सञ्चालन नगर्न अनुरोध गर्ने गर्दथ्यो।

तर, यस पटकको तिहारमा उपभोक्ताले त्यस प्रकारको कुनै समस्या बेहोर्नु नपर्ने प्राधिकरणले जनाएको छ।

विगत तीन वर्षदेखि तिहारमा लोडसेडिङ भएको छैन र यो वर्ष पनि नहुने नेपाल विद्युत्‌ प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ बताउँछन्।

प्रतिक्रिया दिनुहोस्