सगरमाथा प्रतिभा प्रतिष्ठानद्वारा ‘समदृष्टि’स्मारिका विमोचन



०९ कार्तिक २०७६, काठमाडौं

‘सगरमाथा प्रतिभा प्रतिष्ठान’को स्मारिका ‘समदृष्टि’विमोचन गरिएको छ।

स्मारिका शनिबार काठमाडौं कमलादीस्थित सीडब्ल्यू रेष्टुराँमा प्रतिष्ठानका अध्यक्ष तथा साहित्यकार डा. रेणुका सोलु, नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति विष्णु विभू घिमिरे, राजनीतिक विश्लेषक तथा प्रा.डा. सुरेन्द्र केसी, समाजसेवी प्रकाशसिंह कार्की, अधिकारकर्मी सावित्री मल्ल, प्रतिष्ठानका संरक्षक दावा ग्याल्जेन शेर्पालगायतले विमोचन गरेका थिए।

समदृष्टिमा १६ वटा विषयमा आलेखहरु समावेश गरिएका छन्। विषयविज्ञ व्यक्तिहरुको लेखका कारण समदृष्टिले पाठकहरुको ध्यान तान्ने विश्वास प्रतिष्ठानको छ। समदृष्टिमा देशको हरेक विषयमा विज्ञहरुको लेखरचना पढ्न सकिने भएकाले यो अझ बलियो हुन सक्ने अध्यक्ष सोलुले बताइन्।

प्रतिष्ठानका अध्यक्ष डा. रेणुका सोलु कार्यक्रममा बोल्दैः

समदृष्टिमा डा. सुरेन्द्र केसी, डा. विद्यानाथ कोइरा, समाजसेवी प्रकाशसिंह कार्की, डा. ऋषिराम शर्मा ,वरिष्ठ पत्रकार डा. सुरेश आचार्य, लेखक प्रतीक ढकाल, बबिता बस्नेत, वेदराज ढकाल, मदन पौडेल, डा.राजेन्द्र बस्नेतलगायतका लेख रचना पढ्न सकिन्छ।

कार्यक्रमलाई सम्बोधन गर्दै सबै वक्ताहरुले समदृष्टि पुस्तक रिसर्चका लागि समेत विद्यार्थीहरुले माध्यमको रुपमा प्रयोग तथा विकास गर्न सक्ने बताए।

नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति विष्णु विभू घिमिरे कार्यक्रमलाई सम्बोधन गर्दै:
कार्यक्रममा आफ्नो भनाइ राख्दै विश्लेषक तथा प्रा.डा. सुरेन्द्र केसी:
कार्यक्रमबीच केही महत्वपूर्ण मनाइ राख्दै अधिकारकर्मी सावित्री मल्ल:

कार्यक्रममा सरोकारवाला, समाजसेवी, साहित्यकार, संचारकर्मी तथा सस्थाका अनुयायीहरुको बाक्लो उपस्थिति रहेको थियो।

प्रतिक्रिया दिनुहोस्