
०९ कात्तिक २०७६, काठमाडौं
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) काठमााडौं महानगरपालिका वडा नं ८ को आयोजनामा भएको तुच्चा कार्यक्रम भव्यताकासाथ सम्पन्न भएको छ ।

तिहार, नेपाल संम्वत, छट लगायतको अवसरमा भएको सो कार्यक्रममा नेवारी खाजा सेट, चिकेन, चिउरा, मटन, भूटन, वफ, तुच्चा लगायतका खानेकुरा कार्यक्रममा सहभागीहरुलाई १/१ सेट निःशुल्क रुपमा उपलव्ध गराएको जानकारी आयोजक जलक वैधले परिवर्तन खबरलाई बताए ।

कार्यक्रममा संघीय सांसद तथा काठमाडौं महानगर ईन्चार्ज जीवनराम श्रेष्ठ, प्रदेश कमिटी सदस्य निर्मल कुईकेल, महानगर अध्यक्ष निर्मल देउला, सचिव रविन्द्र श्रेष्ठ लगायत अन्य पार्टी नेता तथा वडाको जनप्रतिनिधी लगायत नेकपाका ६५० भन्दा बढी कार्यकर्ता तथा शुभचिन्तक सहभागि भएको आयोजकले जनाएको छ ।








