सांस्कृतिक पर्वको अवसरमा विभिन्न वडामा चियापान कार्यक्रम सम्पन्न



०९ कार्तिक २०७६, काठमाडौं

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र काठमाडौं महानगरपालिका वडा नं. ७, ८ वडा कार्यालयद्वारा विभिन्न स्थानमा चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ ।

सांस्कृतिक पर्वहरुको अवसरमा आयोजित वडा नं. ७ को कार्यक्रममा स्थानीयवासीको बाक्लो उपस्थिति रहेको थियो । चावहिल गणेस्थान चौरमा आयोजित कार्यक्रममा करिब १५०० व्यक्तिहरु सहभागी रहेको वडा सदस्य तथा व्यवस्थापन समितिका संयोजक कृष्णप्रसाद घिमिरेले जानकारी गराएका छन् ।

त्यसैगरी वडा नं. ८ द्वारा वडा कार्यालय परिसरमा आयोजित शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा स्थानीयवासी लगायत विभिन्न राजनीतिक पार्टीमा आबद्ध स्थानीय कार्यकर्ताहरुको उपस्थिति रहेको स्थानीय नेकपा नेता जलद बैद्यले बताए ।

नेकपा वडा नं. ४ कमिटीद्वारा आयोजित चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रममा कार्यावहाक प्रधानमन्त्री तथा नेकपा स्थायी कमिटी सदस्य ईश्वर पोखरेलको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा करिब १००० भन्दा बढीको सहभागीता रहेको वडा सदस्य ध्रुव त्रिपाठीले परिवर्तन खबरलाई बताए ।

चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रमले लामो समयदेखि प्रत्यक्ष भेटघाट हुन नसकेका नेता कार्यकर्ताविच पारस्परिक सम्बन्ध स्थापित गर्न सहयोग पुग्ने नेकपा प्रदेश ३ सदस्य निर्मल कुईकेलले परिवर्तन खबरलाई बताए ।

 

प्रतिक्रिया दिनुहोस्