कात्तिक ९ गते कामपा ७ को शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम हुँदै



०८ कात्तिक २०७६, काठमाडौं

काठमाडौं महानगरपालिका ७ नं. वडा समिति परिवारले २०७६ सालको तिहार, नेपाल सम्वत ११४० एवं छठ पर्वको अवसरमा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम आयोजना गर्ने भएको छ ।

कात्तिक ९ गते शनिबार बिहान ७ देखि १० बजेसम्म कामपा ७ स्थित गणेशस्थान चौरमा आयोजना गर्न लागिएको कार्यक्रममा करिब २५०० को सहभागीता रहने वडासदस्य कृष्णमणि भट्टराईले दावी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्