रूघाखोकी अर्थात् चिसोका रोगहरूबाट बच्न यसो गर्नुहोस्…….



०८ कार्तिक २०७६, काठमाडौं

काठमाडौं लगायत देशभर जाडो महिना शूरु भईसकेको छ। जाडो महिनाको सुरुवातसँगै स्वास्थ्यमा कैयौं समस्याहरु उत्पन्न हुन्छन्।

त्यसैले, जाडोयाममा हामीले हाम्रो स्वास्थ्यमा निकै ध्यान पुर्याउनु पर्दछ।

चिकित्सकहरुका अनुसार, जाडोयाममा बढी मात्रामा मानिसहरुलाई नाक बन्द हुने, नाकबाट पानी बग्ने, घाँटी खसखसाउने, रुघाखेकी, ज्वरो बिग्रिने, निमोनिया, टाइफाइड, इन्फ्लुएन्जा हुने जस्ता समस्याहरु देखा पर्दछन्।

जसकारण तपाईँले एन्टिबायोटिक नै चलाएर अस्पताल भर्ना हुनुपर्ने स्थिती पनि आउने गर्दछ। तसर्थ, जाडोयाममा आफ्नो स्वास्थ्यको आफैँ हेर विचार गर्न जरुरी छ।

आज हामी तपाईँहरुलाई जाडोयाममा आफुलाई कसरी स्वस्थ राख्ने? जुन बिषयमा जानकारी दिदैछौँः

शरिरलाई क्रियाशील राख्नुहोस्ः

अधिकांश मानिसको जाडोयाममा बाहिरतिर हिड्डुल गर्न अल्छि गर्ने, एकछिन फुर्सत पाउनसाथ सिरक ओढेर सुतिहाल्ने बानी छ। यस्तो बानीलाई सुधार्नुपर्छ।

सामान्यतयः बिहान व्यायाम गर्ने, हिँडडुल गर्ने, फुर्सदको समयमा करेसाबारीमा आफूलाई व्यस्त राख्ने इत्यादि काम गरेमा शरिरलाई आवश्यक ताप र ऊर्जा प्राप्त हुन्छ। जसले गर्दा रुघाखोकीजस्ता रोग लाग्ने जोखिम घट्छ।

खानपानमा ध्यान पुर्याउनुहोस्ः

जाडोयाममा सुप, तरकारी, फलफूलजस्ता खानालाई सकेसम्म नियमित खाने बानीको बिकास गर्नुपर्दछ।

सखरखण्ड, हरियो सागसब्जी, चुकन्दर, अदुवा, लसुन, केराजस्ता तरकारी र फलफूल खाने गर्नाले शरिरलाई ऊर्जा मिल्नुका साथै शरिरको रोगप्रतिरोधी क्षमता पनि बढने चिकित्सकहरुको सुझाव रहेको छ।

त्यस्तै, तरकारी र गेडागुडीको झोल जाडोयाममा बढी मात्रामा खाने गर्नुपर्दछ।

तौल बढ्न नदिनुहोस्ः

जाडोयाममा शारीरिक श्रम र व्यायाम कम हुने गर्दछ। मसलादार र चिल्लो खाना खाने रुचि जाडोमा बढी हुन्छ।

त्यसैले, जाडोमा मानिस मोटाउने गर्दछन्। मोटाएर खास गरी पेटतिरको भागमा बोसो जम्मा हुन नपाओस् भन्ने कुरामा सचेत हुन आवश्यक छ।

किनकि, जाडोमा लागेको पेट र बोसोले दीर्घकालीन रोग लाग्ने सम्भावना बढाईदिन्छ।

छाला स्वस्थ राख्नुहोस्ः

जाडोयाममा छाला फुट्ने र फुस्रो हुने, ओठमा घाउ हुनेजस्ता समस्याहरु देखा पर्दछन्। जाडोमा कम नुहाइने भएकाले लुतोलगायत एलर्जी छालामा लाग्ने जोखिम जाडोमा बढी हुन्छ।

यसबाट बच्न सरसफाइमा ध्यान दिन आवश्यक छ। छाला फुस्रो नहोस् र नफुटोस् भन्नका लागि नियमित छाला मस्चराइजरको प्रयोग गर्नुपर्छ ।

प्रशस्ता मात्रामा सुत्नुहोस्ः

वयस्कहरूका लागि प्रतिदिन सातदेखि आठ घण्टासम्मको निद्रा उपयुक्त हुन्छ। पर्याप्त निदाइएन भने शरिर कमजोर हुने र रोग लाग्ने जोखिम बढ्ने भएकाले सुत्न कञ्जुस्याइँ गर्नु हुँदैन।

राम्रोसँग निदाउनका लागि नियमित व्यायाम गर्ने, योग गर्ने, मदिरा र चुरोट कम गर्ने, क्याफिनजन्य पदार्थको मात्रा घटाउने गर्नुपर्दछ।

पर्याप्त पानी पिउनुहोस्ः

जाडोमा पानी पिउने रुचि कम हुन्छ। त्यही भएर पानीको मात्रा बढाउन तरकारी र दालको झोल बढी पिउने गर्नुपर्छ।

त्यस्तै, दिउँसोतिर बेला–बेलामा ठूलो ग्लासमा ग्रिन टी, हर्बल टी आदि पिउने गर्नाले पानीको मात्रा बढ्छ। जसले शरिर र छालामा पानीको कमीका कारण देखापर्ने समस्या रोक्छ।

रक्तसञ्चार सुचारु राख्नुहोस्ः

जाडोमा रगत जम्ने भएकाले रक्तसञ्चार राम्रोसँग हुन पाउँदैन। त्यसैले, गर्दा हातखुट्टा चिसो हुने हुन्छ।

यस्तो हुन नदिन हिँडडुल गरिरहने, व्यायाम गर्ने, बसेर काम गर्दैगर्दा बीच–बीचमा उठेर यताउति टहल्ने, मोजा–पञ्जा इत्यादि लगाउने गर्नुपर्दछ।

रगत राम्रोसँग सञ्चार हुन पाएन र जम्यो भने यसले शरिरमा विभिन्न हानि पुर्याउदछ।

न्यानो कपडा लगाउनुहोस्ः

कतिपयः अवस्थामा हामीले कपडा लगाउनमा हेलचेक्य्राइँ गर्छौं र जाडोमा त्यति न्यानो कपडा नलगाई बाहिर निस्कने गर्दछौं। यस्तो गर्नु हुँदैन।

छातीमा कफ जम्ने, चिसोको कारण घाँटी खसखस हुने, दुख्ने इत्यादि गरेको छ भने छाती र घाँटी छोप्ने खालका कपडा लगाउनुहोस्।

न्यानो कपडा नलगाए चिसो गढ्ने, रुघाखोकी बल्झिने, टन्सिल हुने सम्भावना हुन्छ।

तनावरहित हुनुहोस्ः

तनावका कारण मानसिकसँगै शारीरिक रोग लाग्ने जोखिम बढ्ने भएकाले तनाव कम गर्न योग गर्ने, मनमा नराम्रो कुरा नखेलाउने, आफ्नो र सबैको भलो सोच्ने गर्नुपर्दछ।

तातो पानी पिउनुहोस्ः

जाडो मौसममा चिसो पानी नपिउनु नै स्वास्थ्यको लागि राम्रो हुन्छ। तातो–पानी पिउने गर्नाले रुघाखोकी नलाग्ने, कफ नजम्ने, घाँटी नदुख्ने हुन्छ।

बिरामीबाट परै रहने रुघाखोकी इत्यादि सर्ने भएकाले यस्ता रोग लागेका मानिसबाट परै रहनुपर्छ।

त्यस्ता, मानिससँग कुरा गर्दा दूरी कायम गर्ने, हात मिलाउनुको सट्टा नमस्कार गर्ने गर्नुपर्दछ।

प्रतिक्रिया दिनुहोस्