यू–२३ मैत्रीपूर्ण फुटबलः नेपाल र म्यान्मार आमने–सामने हुँदै



०८ कार्तिक २०७६, काठमाडौं

नेपाली यू–२३ राष्ट्रिय फुटबल टोलीले आज म्यानमारसँग अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेल खेल्दैछ।

नेपालमा आयोजित १३औंँ दक्षिण एशियाली खेलकूद(साग)को तयारीमा रहेको नेपाली टोली म्यानमारलाई हराउने उद्देश्यका साथ मैदानमा उत्रने भएको छ।

कतारस्थित दोहा रङ्गशालामा हुने उक्त खेल राति ९ः१५ बजे सुरु हुनेछ। साग भने आगामी १५–२४ मंसिरमा काठमाडौं र पोखरामा हुँदै छ।

नेपाली टोलीमा नवयुग श्रेष्ठ, अनन्त तामाङ, अञ्जना विष्ट, विक्रम लामा, सुजल श्रेष्ठ, दिनेश राजवंशी र तेज तामाङ छन्। त्यस्तै अभिषेक रिजाल, सुनिल बल, हेमन्त थापामगर, छिरिङ गुरुङ र अर्पन कार्की छन् ।

त्यसैगरी दीप कार्की, देव लिम्बू, विकास खवास, रोमन लिम्बू, नितिन थापा, सेसेहाङ आङदेम्बे, मिक्चेन तामाङ, रामचन्द्र बाजी, प्रिजेन तामाङ, रेजिन सुब्बा, राजीव लोप्चन र सुमन अर्याल छन्।

प्रतिक्रिया दिनुहोस्