नेपालमा व्यवसाय गर्ने वातावरण सुधारिएको विश्व बैंकको दावी



०८ कात्तिक २०७६, काठमाडौं

डुइङ विजनेश इन्डेक्स (व्यवसाय गर्ने वातावरण)मा नेपालको अवस्था निकै सुधार भएको विश्व बैंकले जनाएको छ ।

विश्व बैंकले सार्वजनिक गरेको पछिल्लो प्रतिवेदन अनुसार नेपालको इन्डेक्स १६ स्थान माथि उक्लिएको छ । यसअघि ११० औं स्थानमा रहेको नेपाल १६ औं स्थान माथि उक्लिएर ९४ ओं स्थानमा आइपुगेको छ ।

अघिल्लो वर्ष ५ स्थानले नेपालको डुइङ विजनेश तल झरेको थियो । डुइङ विजनेश सुधार हुनुलाई व्यवसाय गर्न राम्रो वातावरण भएको मानिन्छ ।

९४ औं स्थानमा उक्लिएको नेपालले ६३.२ अंक पाएको छ । अघिल्लो वर्ष ५९.७ अंक रहेकोमा ३.५ प्रतिशतले सुधार भएको हो ।

प्रतिक्रिया दिनुहोस्