नेकपा महानगर कमिटीको दोस्रो कार्यकर्ता भेला सम्पन्न



०८ कात्तिक २०७६, काठमाडौं

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) काठमाडौं महानगर कमिटीको दोस्रो अगुवा कार्यकर्ता भेला नेपाः पार्टी प्यालेस सोह्रखुट्टेमा स्थायी कमिटी सदस्य तथा प्रदेश नं. ३ ईन्चार्ज अष्टलक्ष्मी शाक्यको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ ।

नेकपा स्थायी कमिटी सदस्य तथा प्रदेश ३ ईन्चार्ज अष्टलक्ष्मी शाक्यले संस्कृतिभित्र विकृति बढ्दै गएकोले त्यसलाई अन्त्य गर्नुपर्ने धारणा राखिन् । जन्मदिन मनाउने क्रममा केक काट्नुपर्छ तर बत्ती निभाउने हाम्रो परम्परा होइन भन्दै पश्चिमा संस्कृति भित्रिएकोमा चिन्ता व्यक्त गरिन् ।

नेकपा पार्टी केन्द्रिय सदस्य तथा महानगर ईन्चार्ज जीवनराम श्रेष्ठले साँस्कृतिक पर्व नेवार समुदायको मात्र नभएर गैर नेवार समुदायको समेत भएकोमा खुशी ब्यक्त गर्दै पार्टी एकताबाट तर्सीएर राष्ट्रिय, अन्तर्राष्ट्रिय शक्तिहरु एकता सम्पन्न हुन नदिन हात धोएर लागेको बताउँदै आन्तरिक एकता र क्रियाशीलताले त्यसलाई परास्त गर्नुपर्ने बताए ।

नेकपा केन्द्रिय सदस्य तथा काठमाडौं जिल्ला संगठन कमिटी सचिव हिमाल शर्माले महानगर कमिटीमा जिम्मेवारी दिएपछि गतिविधि बढेकोमा खुशी व्यक्त गर्दै छिटोभन्दा छिटो पार्टी एकता टुङ्गयाउन नगर नेतृत्वलाई अनुरोध गरे ।

काठमाडौं महानगरका प्रमुख विद्या सुन्दर शाक्यले साँस्कृतिक पर्वको संवेदनशीलता बुझी नेपाल सरकारले कात्तिक १३ गते सार्वजनिक विदा दिएकोमा खुशी व्यक्त गर्दै नेपाल सम्वत राष्ट्रिय सम्वत बनाउने आफ्नै पार्टी भएकोले यसको स्वामित्व लिनुपर्ने बताए ।

कार्यक्रममा स्वागत मन्तव्य राख्दै महानगर कमिटीका अध्यक्ष निर्मल देउलाले पार्टी एकताको काम सकेसम्म छिटो टुङ्गयाउन आन्तरिक गृहकार्य गरिरहेको जानकारी दिदै प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतिथ्यतामा कात्तिक १२ गते विहान ७ः३० बजे र कात्तिक २३ गते दिनको १ देखि ४ बजेसम्म बसन्तपुर दरबार क्षेत्रमा महानगर जिल्ला कमिटीको आयोजनामा हुने तुच्चा कार्यक्रममा सहभागी हुन अनुरोध गरे ।

कार्यक्रममा केन्द्रिय सदस्य तथा संघीय सांसद कृष्णगोपाल श्रेष्ठ, विना श्रेष्ठ, प्रदेश सभा सदस्य नारायण सिलवाल, बसन्त मानन्धर, राजेश शाक्य, गणेश दुलाल, प्रदेश कमिटी सदस्य निर्मल कुईकेल, शान्ति अधिकारी, योगेश पौडेल लगायत महानगर भित्रका अगुवा कार्यकर्ताको उपस्थिति थियो भने संचालन महानगर सचिव रबिन्द्र श्रेष्ठले गरेका थिए ।

  

प्रतिक्रिया दिनुहोस्