सिद्धार्थ बैंकको १८ औं वार्षिक साधारण सभा सम्पन्न



०७ कात्तिक २०७६, काठमाडौं

सिद्धार्थ बैंक लिमिटेडको १८ औं वार्षिक साधारण सभा बैंकका अध्यक्ष मनोज कुमार केडियाको अध्यक्षतामा सम्पन्न भएकोे छ ।

साधारण सभाले बैंकको चुक्ता पूँजी रु ८,८८,७६,०४,५४०/– (रु आठ अर्ब अठासी करोड छयहत्तर लाख चार हजार पाँच सय चालिस) को १० प्रतिशत बराबरको रु ८८,८७,६०,४५४/– (रु अठासी करोड सतासी लाख साठ्ठी हजार चार सय चउन्न) बोनस शेयर तथा १५.२६ प्रतिशत बराबरको रु १,३५,६५,२९,११४/– (रु एक अर्ब पैँतिस करोड पैँसठ्ठी लाख उनन्तीस हजार एक सय चौध) नगद लाभांश प्रदान गर्ने लगायतका प्रस्ताव पारित गरेको छ । २०७६ आश्विन मसान्त सम्ममा बैंकले १२४ अर्ब निक्षेप संकलन गरेको छ भने रु ११३ अर्ब कर्जा लगानी गरेको छ ।

सबैक्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पुर्‍याउने उद्देश्यले बैंकले देशभर १६७ वटा शाखा (४ एक्स्टेन्सन् काउन्टर सहित), १०१ शाखा रहित बैंकिङ्ग सेवा, १८६ ब्त्ः र १,६०० भन्दा बढी एइक् मेसिन मार्फत् उच्चस्तरिय बैैकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्