जाडोयाममा छाला फुस्रो हुनबाट कसरी बचाउने?



०७ कार्तिक २०७६, काठमाडौं

छाला मानव शरिरको एक अंग हो। यो अंगले मानव शरिर बाहिरबाट ढाकिएको हुन्छ।

परिवर्तित मौसमसँगै छालामा विभिन्न समस्याहरु उत्पन्न हुन्छन्। जसमा पनि जाडो मौसममा छालामा बढी नै फुस्रोपन देखिन्छ।

त्यसैले, जुन समस्याबाट बच्नका लागि यी उपाय अपनाउनुहोस्ः

नुहाउँदा बास्नादार साबुन प्रयोग नगर्नूहोस्ः

साबुन जति बास्नादार हुन्छ उति नै केमिकल मिसाइएको छ भन्ने वुझ्नुहोस्। केमिकलयुक्त साबुनले छाला रुखो बनाउँछ। साबुन प्रयोग नै गर्ने भए घ्युकुमारी र निमबाट बनेको रोज्नुभयो भने उत्तम हुनेछ।

तातो पानी प्रयोग नगर्नूहोस्ः

तातो पानीले शरिरमा हुने प्राकृतिक तेल नाश गरेर छाला रुखो बनाउँछ। चिसो मौसममा पनि तातो पानी प्रयोग नगर्ने, स्टिम बाथ लिनु नै काफी हुन्छ।

पानीमा तेलको मिश्रणः

नुहाउनुअघि पानीमा जैतुन या बदामको तेलका केही थोपा राख्दा राख्नुहोस्। यसले छाला नरम बनाएर राख्न मदत गर्दछ।

हनी प्याकको प्रयोग नगर्नूहोस्ः 

मह छालाका लागि निकै नै उपयोगी चिज हो। मह र दहीको प्याक बनाएर पूरै शरिरमा लगाउने र सुकेपछि नुहाउँदा छाला रुखो बन्दैन। तीन हप्तामा एकपटक यसो गर्दा सकारात्मक परिणाम आउँछ।

 

मस्चराइजर लगाउनुहोस्ः

छाला स्वस्थ राख्ने हो भने नुहाएलगत्तै मस्चराइजर लगाउनु जरुरी छ। नुहाएपछि पूरै शरीरमा मस्चराइजर गर्नुपर्छ । पहिलोपटक लगाएको एक घन्टापछि पनि छालामा रुखोपन देखियो भने दोस्रोपटक मस्चराइजर लगाउनुपर्छ।

प्रतिक्रिया दिनुहोस्