
०६ कार्तिक २०७६, काठमाडौं
चाबहिलस्थित केएल टावर नजिकै पुरानो घर भत्काउने क्रममा दुईजना गम्भीर घाइते भएका छन्।
बुधबार पुरानो घर भत्काउने क्रममा एक्कासि संरचना खस्दा दुई जना घाइते भएका हुन्। घाइते हुनेमा घर भत्काउने काम गर्ने मजदूर रामबहादुर कुँवर र नजिकैको खाजा घरमा काम गर्ने जीवन मगर रहेका छन्।
महानगरीय प्रहरी वृत्त बौद्धका अनुसार घाइतेको मित्रपार्कस्थित दीर्घायु गुरु अस्पतालमा उपचार भइरहेको छ। घाइतेमध्ये एकको अवस्था चिन्ताजनक रहेको अस्पतालले जनाएको छ।
अहिले एक जनाको आकस्मिक र एक जनाको सघन उपचार कक्षमा उपचार भइरहेको जनाइएको छ।
थप तस्वीरहरु हेर्नुस्ः






