सँधै स्वस्थ र फिट रहन यी कुराहरु कहिल्यै नभुल्नुहोस्



०६ कार्तिक २०७६, काठमाडौं

प्रत्येक मानिसको चाहना हुन्छ कि, उसको शरिर चुस्त, फिट र स्वस्थ होस्। स्वस्थ र फिट रहनका लागि हाम्रो शरिरको आकार मिलाएर राख्नुपर्छ र बिरामीहरुको जोखिमलाई कम गर्दै जानुपर्दछ।

शरिरको फिटनेसको लागि आफ्नो डाइट वा दैनिक गतिविधिहरुमा केही बदलाव ल्याउनुपर्छ।

हरेक समय आफ्नो खानेकुरामा बढी मात्रामा सागपात एवं फलफुलहरु सामेल गर्नुपर्दछ। सागपात र फलफुलहरु खाँदा हामीहरुलाई कैयौँ प्रकारका रोगहरुले आक्रमण गर्न सक्दैनन्।

त्यसैले, स्वस्थ एवं फिट शरिरको लागि यी कुराहरुहरु नविर्सनुहोस्:

सन्तुलित खानपान:

मानिस आफु स्वस्थ र फिट रहनका लागि सबैभन्दा पहिला आफ्नो खानपानमा निकै ध्यान पुर्याउनुपर्दछ। दैनिक जतिसक्यो ताजा फल, सागपात एवं सन्तुलित डाइट भएको खाना खानु आवश्यक हुन्छ।

एक स्वस्थ सन्तुलित आहारले हामीलाई फिट राख्नको लागि निकै मदत गर्दछ। आफ्नो डाइटमा प्रोटिनलाई समेत सामेल गर्नुपर्दछ। प्रोटिन शाकाहारी र मांसाहारी दुवै खानामा पनि पाइन्छ। जसको लागि मांसाहारीहरुले कुखुरा, माछा आदि खान सक्छन् भने शाकाहारीहरुले दूध, केरा खान सक्छन्।

व्यायाम अनिवार्य:

फिट रहनको लागि सन्तुलित आहार मात्रै नभई व्यायाम पनि उत्तिकै महत्वपूर्ण हुन्छ। सन्तुलित आहारपछि दैनिक व्यायाम जस्तैः दौडने वा अन्य किसिमका शारीरिक कसरतले हाम्रो शरिरमा ऊर्जा प्राप्त हुन्छ। हप्तामा केही दिनमात्रै यस्ता व्यायाम गर्दा पनि धेरै फाइदा हुन्छ।

पर्याप्त निद्रा:

मानिस सधैँ स्वस्थ र फिट रहनका लागि सन्तुलित आहार र पर्याप्त व्यायामका साथ–साथै पर्याप्त निद्रा पनि आवश्यकता पर्दछ।

यदि निद्रा पुगेन भने मेटाबोलिज्म, मूड, एकाग्रता, याददाश्त, स्ट्रेस, हार्मोन, रोग प्रतिरोधक क्षमता र हृदयमा असर पर्दछ।

त्यसैले, पर्याप्त निद्राले नै हाम्रो मस्तिस्कलाई आराम दिन्छ र शरिरलाई पनि फिट राख्न मद्दत गर्दछ।

अन्यः

–दिनमा जत्ति सक्दो प्रशस्ता मात्रामा पानी पिउनुहोस्।

–हरेक बिहान खाजाको रुपमा अनिवार्य पौष्टिक आहार सामेल गर्नुहोस्।

–आफूले नियमित खाने खानामा शुद्ध तेल प्रयोग गर्नुहोस्।

–शरिर फिट राख्नको लागि तनावलाई हटाउनुहोस्।

–दैनिक दूध पिउनुहोस्।

–हरेक बिहान हिँड्ने वा दौडने बानीको विकास गर्नुहोस्।

–नियमित रुपमा खेलकूदमा सहभागी हुनुहोस्।

प्रतिक्रिया दिनुहोस्