कण्डमको उपयोगीता: पानी भण्डारणदेखि खाना बनाउनसम्म



०५ कार्तिक २०७६, काठमाडौं

कण्डम परिवार नियोजनको अस्थायी साधन भनेर चिनिन्छ। यसको प्रयोगले यौनजन्य रोगहरु लाग्नबाट बचाउँछ।

विशेषगरी युवापुस्ताले यौनसम्पर्कको बेला यसको प्रयोग गर्ने गर्दछन्। नेपालमा स्वास्थ्य चौकीहरुमा कण्डम निः शुल्क पाइन्छ।

तर, अधिकांश मानिसहरु कण्डमलाई सेक्सको समयमा मात्र प्रयोग गर्ने गरेको पाईन्छ। सेक्सबाहेक कण्डम धेरै कामका लागि प्रयोग हुन्छ ।

त्यस्तै आज हामी तपाईलाई कण्डमको उपयोगिताबारे जानकारी गराउदैछौंः

पानी भण्डारणका लागि:

यदि तपाईँ पानी भण्डारण गर्न चाहनुहुन्छ भने प्रयोग नगरिएको कण्डमको सहयोग लिन सक्नुहुन्छ।

कण्डममा तपाईँले दुईदेखि पाँच लिटरसम्म पानी भण्डार गर्न सक्नुहुन्छ। तपाईँ यात्राका लागि टाढा जाँदा अन्य भाँडा अभाव भएको अवस्थामा यसको प्रयोग गर्दै फाइदा लिन सक्नुहुन्छ।

ट्वाइलेटमा खसेको सामान निकाल्न:

ट्वाइलेटमा कहिलेकाहीँ हामीले बोकेका सामानहरु खस्न सक्छ।

त्यस्तो अवस्थामा हामीसँग तत्कालै पञ्जा पनि नहुन पनि सक्छ। ट्वाइलेटबाट सामान निकाल्न कण्डमलाई हातमा लगाएर खसेको सामान निकाल्न सकिन्छ।

यसको प्रयोगले तपाईँको हात पनि फोहोर हुन्न र सामान पनि निस्कन्छ।

कोल्ड प्याक बनाउन:

कण्डमबाट कोल्ड प्याक बनाउन निकै सजिलो छ। यसका लागि तपाईँले कण्डममा पानी भरेर डि फ्रिजमा राख्नुपर्ने हुन्छ।

केही घण्टापछि कोल्ड प्याक बन्छ। जसलाई तपाईँले दुखेको ठाउँमा लगाउन सक्नुहुन्छ।

घडी वा फोन जोगाउन:

जब भारी वर्षा हुन्छ, हामीमा एउटा डर हुन्छ। मोबाइल र घडी भिज्नबाट कसरी जोगाउने?

ब्याग होस् या गोजी यी सामानलाई पानीले भिजाइछाड्छ। त्यस्तो अवस्थामा मोबाइल वा घडीलाई कण्डमभित्र हाल्नुहोस्। तब भिज्नबाट जोगिन्छ।

आगो बढाउन:

कण्डमले छिटो आगो टिप्छ। यदि तपाईँ जंगलमा फस्नुभयो र तपाईँसँग सलाई वा लाइटर केही छ भने कण्डमको प्रयोग गर्दै आगोलाई चाँडो बिस्तार गर्न सक्नुहुन्छ।

जाडो महिनामा आगो सल्काउन गाह्रो हुन्छ। यस्तो बेला तपाईँले कण्डम प्रयोग गर्दा राम्रो हुन्छ।

खुट्टा जोगाउन:

वर्षायाममा खोलामा बाढी आउँछ। खोला तर्न मुश्किल हुन्छ। खुट्टा पानीमा नडुबाई हुँदैन।

यदि तपाईँसँग कण्डम छ र खुट्टा भिजाउन मन छैन ढुक्क हुनुहोस्। खुट्टामा कण्डम लगाउने र जुत्ता लगाउने गर्दा जुत्ता भिजे पनि तपाईँको खुट्टामा एक थोपा पनि पानी पर्दैन।

खाना बनाउन:

कण्डमको प्रयोगले खाना बनाउन सकिन्छ भन्दा तपाईँलाई पत्यार नलाग्न सक्छ।

तर, खाना बनाउन यसको प्रयोग राम्रैसँग हुन्छ। यसका लागि कण्डममा मासु हालेर पानीमा उमाल्नुहोस्।

तर, पानीलाई एकैछिन मात्र उमाल्नुपर्ने हुन्छ। नत्र कण्डम पनि फुट्ने सम्भावना हुन्छ। भारतीय सञ्चारमाध्यमका अनुसार यसको प्रयोग पनि बढ्दो छ।

प्रतिक्रिया दिनुहोस्