एक महिनामा ५५ हात्ती मरे



०५ कार्तिक २०७६, काठमाडौं

जिम्बावेमा एक महिनाकै अवधिमा खाना र पानीको अभावका कारण ५५ वटा हात्ती मरेका छन्।

त्यहाँको वन्यजन्तु विभागका अनुसार वन्यजन्तुको क्षेत्रमा जिम्बावेको इतिहासमै यो सबैभन्दा ठूलो क्षति हो। साथै वन्यजन्तुको संख्याको एकतिहाइ संख्या खाद्य संकटमा परेको बताइएको छ।

यस्तो घटनामा संयुक्त राष्ट्रसंघले पनि चासो देखाएको छ। सेप्टेम्बर महिनायता मात्रै ५५ वटा हात्ती मरेका हुन्। पछिल्लो दशक अवधिमा अफ्रिकन हात्तीको संख्या ४ लाख १५ हजारबाट घटेर १ लाख ११ हजारमा सिमित भएको छ।

दक्षिण अफ्रिकी अन्य मुलुक झैं जिम्बावे पनि जनसंख्या वृद्धिको समस्यामै छ। जसको असर वन्यजन्तुमा पनि परेको बताइन्छ।

फाइल तस्वीर

प्रतिक्रिया दिनुहोस्