विवाहपश्चात यसैकारण मोटाउँछन् दम्पति



०५ कार्तिक २०७६, काठमाडौं

भनिन्छ, विवाहपश्चात अधिकांश महिलाको तौल बढ्छ। तर, महिलाको मात्रै नभएर पुरुषहरुको पनि तौल बढ्ने गरेको देखिन्छ।

पारिवारिक झमेलाको बीच पनि प्रायः जसो दम्पतीको विवाह भन्दा पहिलेको तुलनामा तौल बढी हुने गर्दछ।

किन बढ्छ त विवाहपश्चात पुरुष र महिलाको तौल?

जुन बिषयमा केही चर्चा गर्नेछौंः

विवाहको लागि तौल कम गर्नु

अधिकांश मानिसहरु विवाहको समयमा अरुलाई देखाउनकै लागि भएपनि आफ्नो तौल फिट राख्न चाहन्छन्।

यसको लागि नियमित जिम जाने र अन्य अभ्यासको पनि साहारा लिने गर्दछन्। तर, धेरै मानिसहरु विवाहपश्चात ती नियमित जीवनशैलीलाई चटकैै छाड्ने गर्दछन्।

जसकारण शरिरको तौल पहिलेको तुलनामा धेरै हुने वा मोटोपन बढ्ने गर्दछ।

तौल बढाउने

विवाहपश्चात धेरैको श्रीमान्–श्रीमतीमा एकले अर्काेलाई धेरै वास्ता गर्ने गर्दछन्। समयमा खाना खायो कि खाएन? खाजा खाने समयमा खाजा खायो कि खाएन, के खाजा खायो? त्यो खाजाले कस्तो असर गर्छ?

यसरी एकले–अर्काको चासो धेरै राख्ने भएकाले पनि विवाहपश्चात केटा वा केटी मान्छेको पनि तौल बढ्ने गर्दछ। केही मानिसको भने धेरै चिन्ता लिने र विवाह लगत्तै सम्बन्धमा दरार आउँदा चिन्ताको कारणले नै तौल घट्ने समस्या पनि हुन्छ।

खाना

श्रीमान्–श्रीमतीबीच खाना खाने चलनले पनि विवाहपछि पति वा पत्नी पनि मोटाउने गर्दछन्। साथमा खाना खाँदा ठट्टा–ठट्टैमा एकले अर्काेसँग प्रतिस्पर्धा गर्ने वा प्रतिस्पर्धा नै नगरी पनि धेरै खाना खाने गरिन्छ।

त्यस्तै, सँगै खाना खाने चक्करमा दम्पत्तिहरु लामो समयसम्म पनि भोकै बस्ने गर्दछन्। धेरै भोको अवस्थामा धेरै खाना खाने गर्दछन्। यसले उनीहरुमा धेरै डाइट प्रदान गर्दछ।

प्रतिक्रिया दिनुहोस्