थाहा पाउनुहोस्ः यसरी लिन्छ चुरोटले ज्यान



०५ कार्तिक २०७६, काठमाडौं

बद्लिदो जीवनशैलीसँगै खानपान लापारवाहीका कारण मानिस विभिन्न रोगको शिकार बनिरहेका हुन्छन्। प्रायः नेपाली समाजमा हुर्केका मानिस जुन कुरा खानुहुँदैन भन्ने ज्ञान आफुसँग हुदाँहुदैँ पनि स्वास्थ्यकर खानपान गरिरहेका हुन्छन्।

जस मध्ये चुरोट पनि एक हो। चुरोट तान्नु स्वास्थ्यको लागि निकै हानिकारक मानिन्छ।

चिकित्सकहरुका अनुसार, चुरोटले फोक्सोको क्यान्सर, स्वास सम्बन्धि रोग, हृदतघात, दम इत्यादि जस्ता डरलाग्दा रोगहरुको उत्पन्न हुन्छ। त्यत्ति मात्रै नभएर अधिकांस मानिस त दिर्घ रोग लाग्ने सम्भावना पनि हुन्छ।

 

एक अनुसन्धानका अनुसार, चुरोटले गर्दा हुने कम्तीमा ५ नयाँ रोगहरुको बारेमा पत्ता लगाएका छन्। चुरोटको कारणले लाग्ने यी रोगहरुले मृत्यु हुनेको सङख्या थप ६०,००० थप्ने अनुमान गरिएको छ।

अनुसन्धानकर्ताहरुका अनुसार किड्नीसम्बन्धि रोग, आन्द्राको रोग जुन रगतको सञ्चारमा गडबढी हुनाले हुन्छ। इन्फेक्सनको अझ बढी खतरा तथा पहिले थाहा नपाइएका मुटु र फोक्सो सम्बन्धि बिभिन्न रोगहरु चुरोट पिउनाले हुने जनाएका छन्।

‘यस्ता केही रोगहरु थपिनाले केही चुरोटका अम्मलीहरुलाइ केही फरक नपर्ला तर यो जानकारी सर्वसाधरणलाई भन्न जरुरी हुन्छ।’ अनुसन्धानकर्ता भन्छन।

अनुसन्धानकर्ता यसो भन्छन्, सन् २००० देखि २०११ सम्मका मानिसहरुको मृत्युको बारेमा अध्ययन गरिएको थियो। जसमा चुरोट पिउने र नपिउने दुवैखाले मानिस थिए। चुरोट खानेहरुमा नखाने भन्दा, इन्फेक्सन, किड्नीको रोग, स्वास सम्बन्धि रोग अनि मुटु सम्बन्धि गम्भिर रोगहरु लाग्ने सम्भावना दुइ गुणा बढी हुने देखिएको छ। त्यस्तै आन्द्राको रोग, रगतको राम्रो सञ्चार नहुने लगाएतका दुर्लभ रोगहरुको कारणले हुने मृत्युको सम्भावना ६ गुणा बढी देखिएको छ चुरोट खानेहरुमा नखाने भन्दा।

त्यसैले, चुरोट छोडौं स्वस्थ बनौं। चुरोट पिउनेले चुरोट छोड्दा त्यसले फोक्सोमा पारेको प्रभाव पनि बिस्तारै कम हुदैँ जान्छ। नराम्रो कुरा छोड्न कहिल्यै ढिलो गर्नु हुँदैन।

प्रतिक्रिया दिनुहोस्