सडकमा विमान खस्दा ३ को मृत्यु



०५ कार्तिक २०७६, काठमाडौं

ब्राजिलको बेलो हरिजोन्ट शहरमा एउटा सानो विमान दुर्घटना हुँदा कम्तीमा तीन जनाले ज्यान गुमाएका छन्।

सोमबार भएको दुर्घटनामा परी अन्य तीन जना घाइते भएका त्यहाँको प्रहरीले जनाएको छ। इन्जिनमा समस्या आएपछि राजधानी शहर मिनास गेराइज राज्यको आवासीय इलाकाको सडकमा सो विमान खसेको थियो।

विमानले सडकमा गुडिरहेका तीनवटा कारलाई ठक्कर दिएको र त्यसलगत्तै विमानमा आगलागि भएको प्रत्यक्षदर्शीले बताएका छन्। उनीहरुका अनुसार उक्त विमान विस्फोटमा परी चार ओटा गाडी पूर्णरुपले क्षतिग्रस्त भएका छन्।

विमानमा एक चालक र तीन यात्रु सवार थिए। विमानका एक व्यक्ति, कारमा सवार एक र एक पैदल यात्रीको मृत्यु भएको प्रहरीले जनाएको छ। विमानका तीन र एक कार मा सवार घाइते भएका छन्।

घाइतेहरुको अवस्था चिन्ताजनक रहेको अस्पतालको भनाई उद्धृत गर्दै स्थानीय अधिकारीहरुले बताएका छन्। इल्हेअस शहरका लागि उडेको केही समयभित्रै विमान दुर्घटना भएको थियो।

यसै वर्ष ब्राजिलको यही क्षेत्रको सडकमा दुई वटा विमान दुर्घटना भइसकेका छन्।

प्रतिक्रिया दिनुहोस्